टिभिएसको इलेक्ट्रिक स्कुटर सार्वजनिक, के छ विशेषता ?

काठमाडौं । टिभिएसले बजारमा नयाँ इलेक्ट्रोनिक स्कुटर सार्वजनिक गरेको छ । यस भन्दा अघि बजाजले पनि इलेक्ट्रोनिक स्कुटर बजारमा ल्याइसकेको छ ।
टिभिएस मोटरले भारतमा आफ्नो इलेक्ट्रोनिक आइक्युव सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।

जसले बढ्दै गएको पेट्रोलियम पदार्थको हाहाकारलाई कम गर्न सहयोग गर्नेछ । उक्त स्कुटरमा फूल चार्ज गर्न ५ घण्टा लाग्ने छ । भने सिङ्गल चार्ज गर्दा ७५ किलोमिटरसम्म गुडनसक्ने क्षमता रहनेछ । ४ दशमलव २ सेकेन्डमा शुन्य दशमलव ४० किलोमिटर गुड्न सक्ने क्षमता रहेको कम्पनीले जनाएको छ ।
उक्त कम्पनीले २०१८ देखि नै आइक्युव मा काम गरिरहेको थियो । भने टिभिएस २०१८ को दिल्ली अटो शोमा यस स्कुटरको प्रटोटाइस सार्वजनिक गरेको थियो ।

कम्पनीका अनुसार यसलाई २ वटा राइडिङ मोड इकोनोमिक र पावरमा चलाउन सकिन्छ । भारतमा उक्त स्कुटरको मूल्य १ लाख २५ हजार निर्धारण गरिएको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?