माघ १५ बाट नेकपा केन्द्रीय कमिटी बैठक, पाँच दिनमा सक्ने तयारी

लोकपथ
0
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटि बैठक माघ १५ बाट सुरु हुने भएको छ । प्रर्दशनीमार्गस्थित राष्ट्रिय सभागृहमा बस्ने बैठक पाँचदिनमा सक्नेगरी तयारी भइरहेको छ ।

बैठकको सुरुमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाद प्रचण्डले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ । त्यस्तै महासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेश गर्ने तयारी भएको बताइएको छ ।

केन्द्रीय सदस्य धेरै भएकाले तीन समुह बनाएर छलफल एक नेताले बताए । केन्द्रीय कमिटीको बैठकपछि पार्टीले गाउँगाउँमा नेता परिचालन गर्ने तयारी गरेको छ ।

बैठकको गृहकार्य तिव्र बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?