३ कम्पनीको शेयर मूल्य समायोजन, कस्को कति ?

काठमाडौं । सोमबार हिमालय बैंक लिमिटेड लगायत अन्य ३ वित्तीय संस्थाको शेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा तिनीहरुको शेयर मूल्य समायोजन भएको हो । मूल्य समायोजन हुनेमा हिमालयन बैंक लिमिटेड, डिप्रेक्स लद्युवित्त वित्तीय संस्था लिमिटेड, तथा नागबेली लद्युवित्त विकास बैंक लिमिटेड रहेका छन् ।

नेप्सेका अनुसार हिमालय बैंकको १० प्रतिशत बोनस शेयरको मूल्य समायोजन भएको हो । साथै समायोजन भएसँगै बैंकको शेयर मूल्य प्रतिशेयर ५ सय १३ दशमलव ६४ कायम भएको नेप्सेले जनाएको छ । भने डिप्रेक्स अघुवित्तको ३० प्रतिशत बोनसमा शेयर मूल्य समायोजन भएको हो । शेयर मूल्य समायोजन पश्चात कम्पनीको शेयर मूल्य ७ सय ९३ दशमलव ८५ रुपैयाका कायम भएको नेप्सेले जनाएको छ । त्यस्तै अर्काे समायोजनमा परेको नागबेली लघुवित्तको २६ प्रतिशत शेयर मूल्य समायोजन भएको छ । त्यसपश्चात कम्पनीको शेयर मूल्य ४ सय ६६ रुपैयाँ ६७ पैसा कायम भएको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?