मूल्य सुन्दा नै चकित बनाउँने यी हुन् संसारका सबैभन्दा महंगा फल

काठमाडौं । डाक्टरहरुले सधैँ फलफूल खानुपर्ने बताउँछन् । साथै फल खान मन नपराउँनेहरुलाई त्यसको जुस खाने सल्लाह दिन्छन् । तर हाम्रो देशमा सामान्य रुपैयाँमा पाइने फलहरु संसारका केहि ठाउँहरुमा लाखौँ पर्छ ।

रुबी रोमन ग्रेप्स साधारण अंगुर जस्तै फल हो । तर यो अंगुर विश्वकै सबैभन्दा महंगो फलहरु मध्येको एक फल हो । यो अंगुर एक किलोको ८० लाख रुपैयाँ पर्छ । साथै यसलाई टेवल ग्रेप्स पनि भन्ने गरिन्छ ।

डेकोपोन सिटर्स यो नाम सुने र यो कस्तो नाम हो भन्ने खुलदुली तपाईलाई पनि लाग्यो होला । यो एक प्रकारको सुन्तला हो । यो सुन्तला विश्वकै सबैभन्दा मीठो र स्वादिष्ट सुन्तला हो । यो सुन्तला १ दर्जन किन्नका लागि १६ सय रुपैयाँ लाग्छ ।

स्याकाई इची एप्पल जापानी स्याउहरु मध्येकै सबैभन्दा ठूलो प्रजाति हो । यो स्याउ एकदमै ठूलो देखिन्छ । साथै एउटा स्याउ १ किलो हुने गर्छ । साथै एउटा स्याउ किन्नका लागि तपाईले २२ सय रुपैयाँ खर्च गनुपर्छ ।

साथै जापानमै पाइने स्क्वाएर खरबुजालाई जापानमा ८० हजार रुपैयाँमा एउटा पाइन्छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?