गायिका आस्था राउतलाई हिरासतमै राखेर अनुसन्धान गर्ने

काठमाडौं । अभद्र व्यवहारसम्बन्धी कसूर गरेको आरोप खेपिरहेकी गायिका आस्था राउतलाई प्रहरीले म्याद लिन काठमाडौं जिल्ला प्रशासन कार्यालय (सिडिओ) लैजाँदै छ । आज बिहान आफैं प्रहरी कार्यालय पुगेकी राउतलाई हिरासतमै राखेर अनुसन्धान गर्न प्रहरीले म्याद थप गर्न सिडिओ कार्यालय लैजान लागेको हो ।

उनी उपस्थित भएपछि प्रहरीले स्वास्थ्य परीक्षण गराएर हिरारतमा लिएको थियो।

अब आस्थालाई म्याद थप भएपछि उनको बयान लिने प्रहरीले जनाएको छ । राउत परिवारका साथमा परिसर पुगेकी थिइन् ।

माघ १ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी जवान रमिता श्रेष्ठमाथि दुर्व्यवहार गरेको आरोप राउतमाथि छ।

श्रेष्ठले जाहेरी दिएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले माघ ५ गते राउतविरूद्ध पक्राउ पूर्जी जारी गरेको थियो।

आफूमाथि दुर्व्यवहार गरेको भन्दै विमानस्थलमा कार्यरत एक महिला प्रहरीले उजुरी हालेपछि राउतविरूद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?