रगतको नदी बगेपछि…!

काठमाडौं । उत्तर र दक्षिण कोरियाली सीमा नजिकै रगतको नदी बगेको छ । नदी सुँगुरको रगतले पूर्ण रुपमा रातो भएको हो ।

देशमा अफ्रिकन स्वाइन फिवर फैलिने खतरा भएसँगै दक्षिण कोरियाली प्रशासनले त्यसलाई रोक्नका लागि ४७ हजार सुँगुर मार्ने आदेश दिएको थियो ।

वर्षाका कारण सीमा नजिकैको डम्पिङ ग्राउन्डबाट रगत बगेर नजिकैको नदी इमजिनमा मिसिन पुगेको थियो । अफ्रिकन स्वाइन फिवर अत्याधिक संक्रमित र निको नहुने रोगमध्येको एक हो ।

जुन रोग सुँगुरलाई लाग्ने गर्छ । त्यसैले संक्रमित सुँगुर बाँच्ने सम्भावना नभएकै कारण सुँगुर मार्ने आदेश दिइएको थियो ।

जानकारहरुले नदीमा बगेको रगतका कारण अन्य जनावरहरुलाई पनि खतरा हुने सम्भावना बढेको बताएका छन्।

सुँगुरहरुलाई मार्नुभन्दा पहिले उपचार गरिएको अधिकारीहरुको भनाई छ । मारिएका सुँगुर डम्पिङ साइटमा ट्रकभित्र छोडिएको थियो ।

सुँगुरहरुलाई गाड्नका लागि बनाउन लागिएको प्लास्टिकका कन्टेनर बनाउन ढिलाइ भएका कारण खुलै छोडिएको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?