चिहानमा घर बनाएर बस्छन् यहाँका मानिस, यस्तो छ कारण

काठमाडौं । मनिसहरुको जब मृत्यु हुन्छ तब आ-आफ्नो धर्मानुसार अन्तिम संस्कार गरिन्छ । कुनै धर्ममा मरेपछि जलाउने चलन छ भने कुनै धर्ममा जमिनमा गाड्ने नियम रहेको छ ।

मरेका मानिसहरु गाडेको ठाउँमा बस्न तपाईलाई कतिको डर लाग्छ ? अवस्य पनि हामी त्यस्तो ठाउँमा बस्न डराउँछौँ नै । मानिसहरु मिश्रको एक शहरमा मरेका मानिसहरुको चिहान माथि आफ्नो परिवारसँग बस्ने गर्छन् ।

त्यहाँको चिहान बनाउँदै चिहानको रेखदेख गर्नका लागि मानिसहरु बस्न मिल्ने गरि बनाइएको हुन्छ । चिहानमा रेखदेखका लागि बसेको मानिसका परिवार समेत बस्न मिल्ने गरि चिहान बनाईएको हुन्छ ।

मिश्रको एल अराफा नामक शहरमा यसरी चिहानको रेखदेख गर्न मानिसहरु बस्ने गर्छन् । यो शहरलाई मुर्दाको शहर पनि भन्ने गरिन्छ । यहाँ चिहानलाई ढोकाको रुपमा प्रयोग गरिन्छ ।

साथै चिहानको माथि छत र पानी ट्यांकी पनि बनाईएको हुन्छ । चिहानलाई एकदमै राम्रोसँग सजाइन्छ । चिहानको रेखदेख गर्ने मानिसहरुले मासिक १२ हजार पाउँछन् ।

त्यहाँ चिहान रेखदेख गर्ने मानिसहरु बस्छन् र आफ्नो जीवनयापन गर्छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?