तोलामा ५ सयले बढ्यो सुन

काठमाडौं । नेपाली बजारमा आजपनि सुन तथा चाँदीको मूल्यमा बृद्धि भएको छ । आइतवार प्रतितोला छापावाला सुनको मूल्य ७५ हजार ५ सय रहेको थियो । भने आज तोलामा ५ सयले बृद्धि भइ प्रतितोला सुनको मूल्य ७६ हजार कायम भइ कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य ७५ हजार ७ सय रहेको छ ।

साथै आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बृद्धि भइ प्रतितोला चाँदी ९ सयमा कारोबार भइरहेको छ । भने आइतवार प्रतितोला चाँदीको मूल्य ८ सय ९५ रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?