आस्था राउत आफै प्रहरीमा हाजिर

काठमाडौं । गायिका आस्था राहुत आफै प्रहरी कार्यालय पुगेकी छिन् ।

राउतलाई त्रिभुवन विमास्थलबाट सुरक्षा जाँच गर्न खटिएकी एक प्रहरी जवान दुव्र्यवहार गरेको आरोप लागेको छ । गत माघ १ गते झापा जाने क्रममा राउतले अभद्र व्यवहार गरेको भन्दै उजुरी परेको थियो ।

प्रहरी जवान रमिशा श्रेष्ठले केहि दिन आघि आफुमाथि गाइका राउतले दुव्र्यवहार गरेको भन्दै उजुरी दिएकी हुन् ।

माघ १३ गते आस्थालाई पक्राउ गर्न प्रशासनले अनुमति दिएको थियो । आस्थाका परिवारले आफै हाजिर गराउने आग्रह गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको थिएन ।

राउतलाई आफन्तले नै महानगरीय प्रहरी परिसर काठमाडौंमा उपस्थित गराएको डिएसपी होविन्द्र बोगटीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?