सेनाका सेनानी मेजर शाहलाई जेल चलान

काठमाडौँ, ११ माघ- यौन दुराचारको आरोप लागेका सेनाका सेनानी मेजर प्रभव विक्रम शाहलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ जिल्ला अदालत काठमाडौंको आदेशले पुर्पक्षका लागि उनलाई केन्द्रिय कारागार जगन्नाथदेवल पठाइएको हो जबर्जस्ती करणी मुद्दाको थुनछेक बहसपछि बिहीबार जिल्ला अदालत काठमाडौंले उनलाई पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको बताइएको छ गएको पुस १४ गते एक बालिकालाई शौचालयमा आफ्नो यौन अंग चलाउन लगाएको अवस्थामा भेटेपछि आफन्तको उजुरीको आधारमा उनलाई प्रहरीले पक्राउ गरेको थियो नम्बर २३ बाहिनी बाग्लुङमा कार्यरत शाहलाई नेपाली सेनाले सैनिक हिरासमा राखेर समेत अनुसन्धान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?