सरकार व्यवसायिलाई डण्डा लगाएर राजश्व असुल्ने पक्षमा छैन: अर्थमन्त्री खतिवडा

लोकपथ संवाददाता
0
Shares
Finance Minister Yubaraj Khatiwada addresses the two-day third Responsible Business Summit organised by National Business Initiative under the theme of ‘responsible business for sustainable development’, in Kathmandu, on Friday, September 6, 2019. Photo: Bal Krishna Thapa Chhetri/THT

काठमाडौं । अर्थ मन्त्री डा. युवराज खतिवडाले सरकार भन्सार राजश्वमा केन्द्रीत नभएकोले अतिरिक्त त्रासमा नबस्न निजी क्षेत्रलाई आग्रह गरेका छन् ।

आइतबार ६८ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थ मन्त्री खतिवडाले व्यापार घाटा कम हुँदा राजश्व घटेको तर सरकार व्यवसायिलाई डण्डा लगाएर राजश्व असुल्ने पक्षमा नरहेको बताएका हुन् । उनले भने ‘व्यापार घाटा कम हुन थाल्यो अलिकती आयातित वस्तुहरु कम हुँदा राजश्व पनि कम हुन थाल्यो अर्को त्रास, फेरी राजश्व कम भयो अव सरकारले डण्डा लगाएर कहाँबाट राजश्व उठाउँछ भन्ने अर्को त्रास, हामी त्यसो गर्दैनौं ।’ उनले सरकारले जति कर लाग्ने आय हो त्यतिमा मात्रै राजश्व उठाउने लक्ष्य राखेकोले व्यवसायीहरुलाई नडराउन आग्रह गरे ।

उनले भन्सार राजश्व मै केन्द्रीत भएर अर्थतन्त्र लामो समय सम्म चल्न नसक्ने बताए । अर्थमन्त्री खतिवडाले आन्तरिक राजश्वको वृद्धि दर पनि बढ्दै गएकाले मुलुक आयातमा आधारित राजश्व प्रणालिबाट आन्तरिक उत्पादन र आन्तरिक आयमा आधारीत राजश्व प्रणालिमा गइसकेको बताए । उनले भने ‘भन्सार राजश्वमै केन्द्रीत भएर अव हाम्रो अर्थतन्त्र लामो समय चल्दैन आन्तरिक राजश्वको वृद्धि राम्रो छ व्यवसायीक क्षेत्रलाई धन्यवाद औषतमा २५ प्रतिशतको वृद्धि छ मूल्य वृद्धिदर र आन्तरिक भ्याटको वृद्धिदर त्यो भन्दा राम्रो छ हामी क्रमशः आयातमा आधारित राजश्व प्रणालीबाट आन्तरिक उत्पादन र आन्तरिक आयमा आधारित राजश्व प्रणालीमा उन्मुख हुँदैछौं ।’

अर्थमन्त्री खतिवडाले लक्ष्य अनुरुपको राजश्व नउठ्दा समेत आफु नडराएको बताए । उनले विदेशी मुद्रा सञ्चितिमा दक्षिण एसियामै राम्रो रहेको र पछिल्लो समय बैंक ब्यजादर पनि तल रहेकोले अर्थतन्त्रमा कुनै समस्या नदेखिएको बताए । उनले राजश्वमुखि भन्सार प्रणाली भयो भन्ने गुनासो आउने गरेको र त्यसलाई सुधार गर्न मुलुकभित्र लागनी वृद्धि गरी उत्पादन बढाउने र निर्यात बढाउने लक्ष्य सरकारले राखेको बताए । उनले भने ‘औद्योगिक वातावरण बनाउने र मुुलुकलाई आफ्नो उत्पादन प्रणालीलाई बलियो बनाउन औद्योगिक संरक्षण दिने कुरा हो, अलिकति हाम्रो आर्थिक वृद्धिको लागि आन्तरिक बजार पनि पुग्दैन भनेर निर्यात ढाउन पनि जोड दिनुपर्छ भनेर भन्सारका दरहरु निर्यातमा न्यूनतम राख्नुको एउटा कारण निर्यात बढेन भने आर्थिक वृद्धि हुँदैन भन्ने हो ।’

कार्यक्रममा अर्थमन्त्री खतिवडाले मुलुकमा लगानीमैत्री वातावरण निर्माण गर्ने र त्यसको आधारबाट औद्योगीकरणको प्रकृया अगाडि बढाउने र सरकारको आय भन्सारमा केन्द्रीत नभई आन्तरिक आयमा केन्द्रीत गराई मुलुकलाई सवल सुदृढ अर्थतन्त्र तर्फ लैजाने भएको समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?