माघ १३ गते सोमबारको राशिफल हेर्नुहास्

काठमाडौं । आज मिति २०७६ साल माघ महिनाको १३ गते सोमबार । तदनुसार इस्वी संवत २०२० जनवरी २७ तारिक । शकसंवत् १९४१ । परिधावी संवत्सर । उत्तरायन । हेमन्त ऋतु । नेपाल संवत ११४० पोहेलागा । माघ शुक्लपक्ष । तिथी– तृतीया,३० बजेर ३७ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र– शतभिषा,अहोरात्र । योग– वरियान,२६ बजेर १० मिनेट उप्रान्त परिध । करण– तैतिल,१७ बजेर ४१ मिनेट उप्रान्त गर,३० बजेर ३७ मिनेट उप्रान्त वणिज । आनन्दादिमा अमृत योग । चन्द्रराशि–कुम्भ । काठमाडौंमा सूर्योदय ६ बजेर ५५ मिनेटमा, सूर्यास्त १७ बजेर ३८ मिनेटमा । दिनमान २६ घडी ४८ पला । पञ्चक ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) ः कामको सवालमा विशिष्ट व्यक्तिहरुसँग भेटघाट हुनेछ । आफन्त, घरपरिवार तथा साथीभाईहरुका सहयोग पाईनाले मन प्रशन्न रहनेछ । प्राकृतिक स्रोत साधनको प्रयोगमार्फत् मनग्ये धन आर्जन गर्न सकिनेछ । व्यापारमा सानो लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । प्रेममा रमाउँन चाहने जोडीहरुका लागि समय फलदायी रहेको छ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) ः व्यापार व्यवसायमा लगानी गरी भनेजस्तो आम्दानी गर्न सकिनेछ । विवादित वि षयहरु हल भएर जाने तथा पुराना समस्याहरु भए थोरै समय दिएर फत्ते गर्न सकिनेछ । नयाँ काम पाउने तथा नोकरीमा बढोत्तरी हुने योग रहेको छ । समाजिक काम गर्ने वातावरण बन्ने तथा मानसम्मान, ईज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । अध्ययन अध्यापनमा मन जानेछ भने माया प्रेममा प्रिय पात्रसँग नजिक हुने समय रहेको छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) ः दैनिक काम बीचमै रोक्नु पर्दा आर्थिक भार पर्न सक्छ । व्यापार व्यवसायमा नाफा कमाउँन निकै नै समय खर्चनु पर्नेछ । माया प्रेममा धोका हुनेछ भने आश्वासन बाढ्नेहरु सक्रिय हुनेछन् । खानपानमा ध्यान दिनुहोला, स्वास्थ्यमा समस्या आउँनेछ । धार्मिक प्रतिष्ठान तथा मन्दिरको यात्रा गरी टिका तथा प्रशाद ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । पढाइ रोकिन सक्छ, ध्यान दिनुहोला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) ः खानपान तथा मौसमको ख्याल नगर्नाले स्वास्थ्यमा समस्या आउँन सक्छ । कार्यक्षेत्रमा आलोचना गर्नेहरु बढ्ने तथा काम बिग्रने भएले सताउँनेछ । व्यापार व्यवसायमा मन्दि आउँने तथा आम्दानी घट्नाले दैनिकी प्रभावित हुनेछ । पढाइ लेखाइमा मन नजाँनाले नतीजा आफूतिर ल्याउँन मुस्किल पर्नेछ । प्रेममा धोका हुन सक्छ ध्यान दिनुहोला ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) ः व्यापारमा लगानी गरी मनग्ये आम्दानी गर्न सकिनेछ भने व्यापारकै सिलसिलामा लामो दूरीको यात्रा गर्न सकिनेछ । लामो दूरीको व्यापारिक यात्राको तय गर्न सकिनेछ । लगनशिलता तथा ईमान्दारिताले दैनिकी परिवर्तन गर्न सकिनेछ । पढाइ लेखाइमा सफलता प्राप्त गर्न सकिनेछ । भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गरी आम्दानी बढाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढाउन सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) ः न्यायालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । विद्या तथा कुनैपनि प्रतिस्पर्धामा तपाईकै जित हुनेछ । व्यापार व्यवसाय फस्टाएर जाने हुनाले आर्थिक मुद्दाहरु सहजै हल भएर जानेछन् । पुराना ऋण तथा रोगबाट मुक्ति पाउँने समय रहेको छ । माया प्रेममा विश्वास गर्दै नयाँ ठाउँको यात्रामा निस्कन सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) ः स्वास्थ्यमा समस्या आई दैनिक कामहरु प्रभावित हुनेछन् । सहयोगीहरुले हात झिक्नाले व्यापार व्यवसायमा मन्दि आउँनेछ । बौद्धिक क्रियाकलापमा सहभागि हुने अवसर जुरेपनि भनेजस्तो पारिश्रमिक पाईनेछैन । पढाइ लेखाइमा अरुनै हावि हुनेछन् । समयको गतिसँग बढ्न नसक्दा अरुभन्दा पछि परिनेछ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) ः व्यापार व्यवसायमा भनेजस्तो आम्दानी गर्न सकिनेछ । कृषि, सहकारी तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । स्वास्थ्यको दृष्टिकोणले समय प्रतिकुल रहेपनि राम्रा काम गर्न सकिनेछ । आफन्त तथा आमासँग सामान्य मनमुटाव सिर्जना हुनेछ भने लामो दूरीको यात्राको तय हुनेछ । प्रेममा एकअर्कालाई विश्वास गर्न नसक्दा टाढिनु पर्ने बाध्यता हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) ः आफ्नै मेहनतले व्यवसायमा फड्को मार्न सकिनेछ । लगनशिलताको साथ गरिने कामको उच्च मुल्याङकन हुनेछ । दाजुभाई तथा छिमेकीसँगको सम्बन्ध सुधार गर्दै नयाँ कामहरु गर्न सकिनेछ । प्रतिस्पर्धीहरु सहयोगी बन्नेछन् भने कुनैपनि प्रतिस्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ । पढाइमा मन जानेछ भने पढाइकै सवालमा यात्रा गर्न सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) ः मेहनेतको फल अरुले हत्याउँन कोसिश गर्नेछन् ख्याल गर्नुहोला । राम्रो बोल्दाबोल्दै गलत व्याख्या गरीप् दुख दिनेहरु सक्रिय हुनेछन् । व्यापारमा मन्दि आउँने तथा लगानि गर्नको लागि केहि समय पर्खदा राम्रो हुनेछ । खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या आउँनेछ । सामाजिक सञ्जालको प्रयोग गर्दा ध्यान दिनुहोला । प्रेममा शंका बढ्ने योग रहेको छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) ः पढाइ लेखाइमा मन जाने तथा भनेजस्तो सफलता हात पार्न सकिनेछ । भौतिक सम्पत्ति तथा सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउँन सकिनेछ । राजनीतिमा लाग्नेहरुका लागि समय उत्तम रहेकोले नाम तथा ईज्जत प्रतिष्ठा कमाउँन सकिनेछ । व्यापारमा लगानी गरी मनग्ये धन आर्जन गर्न सकिनेछ । पुराना कमिकमजोरीहरु सुधार्दै जीवन शैलिमा परिवर्तन गर्न सकिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) ः विदेश भावमा गोचर गर्ने मध्ययम चन्द्रमाले लामो दूरीको यात्रा हुने भएपनि बाटोमा दुख हुन सक्छ । विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ भने स्वदेशी व्यापारमा मन्दि आउँनेछ । पढाइ लेखाइमा मन नजाँदा नतिजा अरुतिर जानेछ । स्वास्थ्य सम्बन्धि समस्या आउँने तथा औषधि उपचार खर्च बढेर जानेछ । प्रेममा धोका हुन सक्छ ।

तपाईको दिन शुभ रहोस् ।
ज्यो. दुर्गा भण्डारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?