डाइनोसरसँग जोडिएका लोपोन्मुख रुखको रक्षा गर्न अष्ट्रेलियाको जंगल छिरे वैज्ञानिक

काठमाडौं । अष्ट्रेलियाको सिड्नीबाट १२५ मील टाढा उत्तर पश्चिममको जंगलमा वोलेमी पाइन्स नामको रुख छ । यो एउटा पुरानो ऐतिहासिक वनस्पतिको प्रजाति हो ।

वैज्ञानिकहरु यो वनस्पतिको अध्ययनको सँग-सँगै संरक्षणका क्रममा त्यहाँ पुगेका थिए । त्यहाँ रुखहरुलाई धर्तीमा पाइने डाइनोसरको समयका साक्षीको रुपमा लिने गरिन्छ ।

त्यो जंगलमा अहिले २ सय भन्दा थोरै रुखहरु छन् । वालेमी नेशनल पार्कमा रहेका डाइनोसर युगका ति रुखहरु आगो तथा अन्य समस्यारुबाट टाढै राख्नको लागि अष्ट्रेलियाले वनस्पति बचाउने अभियान चलाएको हो ।

अष्ट्रेलियाका राष्ट्रिय विश्वविद्यालयका प्रोफेसर क्रइस ब्रेकले ति रुखहरुलाई डाइनोसर रुख पनि भन्ने गरेको बताएका छन् । साथै उनले उक्त रुखहरुलाई समय यात्रा गर्नेवाला क्लोन, प्रकृतिको सिड्नी ओपेरा जस्ता संज्ञाले मानिसहरुले चिन्ने गरेको बताएका छन् ।

यी रुखहरुको नष्ट हुनु संसारकै लागि डरको विषय भएको पनि उनले बताएका छन् । यी रुखहरु लगभग १ सय ३० फिट उचाईका हुने गर्दछन् ।

ति सबै रुखहरु एक समान रहेका छन् । ६करोड वर्ष पहिला त्यहाँ यी रुखहरु अन्य रुखहर जस्तै थिए । तर ३ करोड वर्ष पहिले महाद्विप अलग्गिएपछि यो रुखहरु लोप हुँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?