मेयर लालकिशोर साहविरुद्ध किटानी जाहेरी

काठमाडौं । पत्रकारमाथि कुटपिट आरोप लागेका जनकपुरधाम उप–महानगरपालिकाका मेयर लालकिशोर साहविरुद्ध किटानी जाहेरी परेको छ।

विश्वसम्पदा सूचिमा सुचिकृतको तयारीमा रहेको जानकी मन्दिरको जग्गा अतिक्रमणका विषयमा प्रतिक्रिया कान्तिपुर टेलिभिजनका पत्रकार अमरकान्त ठाकुर, उज्यालो नाइन्टी नेटवर्कका सुभाष कर्ण, एबिसी टेलिभिजनका सुमित मिश्रलाई कुटपिट गरी घाइते बनाएको थियो ।

मेयरको निर्देशनमा कुटपिट गरिएको घटनामा जाहेरी दिइएको छ । नेपाल पत्रकार महासंघ धनुषा शाखाले उपमहानगर प्रमुख साहविरुद्ध आइतबार किटानी जाहेरी दर्ता गराएका छ ।

घटनापछि जिल्ला प्रशासन कार्यालय धनुषामा सर्वपक्षीय(सर्वदलीय बैठकबाट दुई साताअघि दोषिलाई पक्राउ गरी कारवाही गर्ने सहमति कार्यान्वयन नभएपछि जाहेरी दिइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?