काठमाडौं । दुई जना नेपालीमा कोरोना भाइरसको संक्रमणको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार थालिएको छ ।
कोरोनाको आशंका गरिएका पुरुष २८ वर्ष र महिला ४८ वर्षका छन् । चीनबाट फर्किएका ति दुवैजनाको टेकु अस्पतालको आइसुलेसन वार्डमा उपचार भईरहेको छ ।
कोरोनाको शंका लागेर माघ ११ शनिबार महिलाअस्पताल पुगेकी थिईन् पुरुष भने माघ १० गते नै अस्पताल पुगेका थिए ।
उनीहरुको स्याम्पल परीक्षणका लागि हङकङ पठाइएको र रिपोर्ट आएपछि मात्र पूर्ण रुपमा कोरोना संक्रमणबारे एकिन हुने स्रोतले बताएको छ । उनीहरुको परिचय खुलाइएको छैन ।
चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ५६ पुगेको छ । चिनियाँ स्वास्थ्य अधिकारीहरुले कम्तीमा ५६ जनाको मृत्यु भएको र झण्डै दुई हजार जना प्रभावित भएको जानकारी दिएका छन् ।
यो पनि पढ्नुहोस् :
कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ५६ पुग्यो, २ हजार प्रभावित
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया