काँग्रेस र माओवादी केन्द्रबीचको सहकार्यमा नयाँ सरकार बन्न सक्ने: अध्यक्ष विजुक्छेले

काठमाडौँ, ११ माघ- नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले काँग्रेस र माओवादी केन्द्रबीचको सहकार्यमा नयाँ सरकार बन्न सक्ने सम्भावना रहेको बताएका छन् अध्यक्ष विजुक्छेले एमाले र माओवादी केन्द्रबीच पदीय भागबण्डा नमिले सरकार काँग्रेस र माओवादी केन्द्रबीचको सहकार्यमा बन्न सक्ने धेरै सम्भावना रहेको तर्क गरे विहिबार भक्तपुरमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले काँग्रेसलाई पछि पार्न एमालेले माओवादीसँग चुनावी गठबन्धन गरेपनि पदीय भागबन्डा नमिल्दा दुई दलबीच पार्टी एकता प्रक्रियाले गति नलिएको पनि स्पष्ट पारे अध्यक्ष विजुक्छेले दुर्गम क्षेत्रका जनतालाई सेवा दिन पनि प्रदेशको राजधानी काठमाडौं उपत्यकामा बनाउन उपयुक्त नहुने धारणा आफ्नो पार्टीको रहेको पनि स्पष्ट पारे भक्तपुरमा प्रदेश नम्बर ३ को राजधानी बनाउन नहुने अभिव्यक्तिपछि आफ्नो आलोचना भईरहेकोतर्फ संकेत गर्दै अध्यक्ष विजुक्छेले दूर्गम क्षेत्रका जनतालाई सेवा, सुविधा दिन संघहरु बनेकाले त्यसको राजधानी पनि दुर्गभ भेगमै हुनुपर्ने आफ्नो धारणा रहेको पनि स्पष्ट पारे अध्यक्ष विजुक्छेले प्रदेशले धान्न नसक्ने गरी प्रदेश सरकार गठन गर्न नहुने सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?