बाराक ओबामाका २० जीवनोपयोगी भनाईहरु

अमेरिकाका भूतपूर्व राष्ट्रपति बाराक हुसेन ओबामा प्रसिद्ध राजनीतिज्ञ हुन् । उनी अमेरिकाका प्रथम अश्वेत (अफ्रिकी अमेरिकी) राष्ट्रपति हुन् ।

अमेरिकाका ४४ औँ राष्ट्रपति ओबामाको जन्म ४ अगस्ट सन् १९६१ मा अमेरिकाको हवाई राज्यमा भएको थियो । ओबामा सन् २००८ मा अमेरिकाको राष्ट्रपति पदका लागि डेमोक्र्याटिक पार्टीबाट उम्मेद्वार बनेका थिए ।

बाराक ओबामाका २० जीवनोपयोगी भनाईहरु

१. खेलाडीहरु परिवर्तन गरेर मात्र पर्याप्त छैन,हामीले पुरै खेल परिवर्तन गर्नुपर्दछ ।

२. यदि तिमीले परिवर्तनको निम्ति आफ्नो आवाजलाई त्याग्दछौ भने त्यो स्थान अरु कसैको आवाजले भरिनेछ ।

३. कुनै पनि धर्मको कारणले आतंकवाद जन्मिएको होइन, हिंसा र आतंकको कारण मानिसहरु नै हुन्, धर्म होइन ।

४. बच्चा जन्माउँन सक्छु भन्दैमा तिमी पुरुष कहलिदैनौ,बच्चालाई हुर्काउन सके मात्र तिमी पुरुष हौ ।

५. यदि कसैले पनि तिमीले गरेको मिहेनत र तिम्रो कुराको मूल्य छैन भन्छ भने त्यसको विश्वास नगर, मैले परिवर्तन गर्न सक्दिन कि भन्ने कुरामा पनि कहिल्यै विश्वास नगर किनभने तिमी नै त्यो परिवर्तन बन्न सक्छौ ।

७. परिवर्तन भनेको साधारण मानिसले असाधारण काम गर्दा आउँछ ।

८. आज तिमी कुन अवस्थामा उभिएका छौ भन्ने कुराले केहि असर गर्दैन कि भोली तिमी कहाँसम्म पुग्न सक्दछौ ।

९. भाग्य आफैले लेख्ने हो, अरु कसैले लेखिदिएको हुँदैन ।

१०. निराशाबाट बच्ने उपाय भनेको उठ्नु र केहि गर्नु हो ।

११. राम्रो चिजको पर्खाइमा कहिल्यै नबस ।

१२. बाहिर निस्केर राम्रो गर्याै भने संसारमा तिमीप्रति आशाको हर छाउँछ ।

१३. यदि आफू भन्दा फरक देखेको छौ भने उसको आलोचना होइन, प्रशंसा गर ।

१४. प्रश्न सोध्न नडराउ र आवश्यकता पर्दा सहयोग माग्न पनि नडराउ ।

१५. सहयोगको लागि अनुरोध गर्नु भनेको आफूलाई कमजोर देखाउनु होइन बरु तागतको संकेत हो, यसैबाट तिमी नयाँ कुरा सिक्ने अवसर पाउँछौ ।

१६. परिवर्तन सजिलो पनि छैन र असम्भव पनि ।

१७. जब कठिन समय आउँछ तब हामी हार मान्दैनौँ, बरु माथि उठ्छौँ ।

१८. अर्काे समय वा अरुलाई पर्खाएर बस्यो भने परिवर्तन आउँदैन, हामी नै त्यो परिवर्तन हौँ जसको लागि पर्खिएर बसेका थियौँ ।

१९. खोजलाई जानि राख, सपना देख्दै गर,प्रश्न सोद्धै गर, जानेको कुरामा चित्त बुझाएर नबस,संसार परिवर्तनको लागि आफ्नो विचार,कल्पना र कडा मिहेनतको शक्तिमाथि विश्वास गर ।

२०. तिम्रो आफ्नो असफलताले तिमीलाई परिभाषित गर्न नदेउ, तिमीले आफ्नो असफलताले तिमीलाई पाठ सिकाउने बनाउँनु पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?