आफ्नै देशको माटोमा बच्चा जन्माउन यी सैनिकले मगाए १ कन्टेनर माटो

काठमाडौं । प्रत्येक आमाबुबाहरुको चाहाना आफ्नो छोराछोरी आफ्नो देशमा जन्मियोस भन्ने हुन्छ । तर कामको कारणवस मानिसहरु बिभिन्न शहरमा पुगेका हुन्छन् ।

आफू देशमा नभए पनि आफ्नो बच्चा आफ्नै देशको माटोमा जन्मिओस् भनेर सेनाका एक जवानले आफ्नो देशको माटो २२ हजारमा किनेर कन्टेनरबाट मगाएका छन् ।

अमेरिकाका प्याराट्रुपर सेनाका एक जवान टोनी ट्रेकोनी आफ्नो बच्चा आफ्नै देशको माटोमा जन्मिओस् भन्ने चाहान्थे । तर जागिरको सिलसिलामा उनी इटलीमा थिए ।

त्यसैले उनले अमेरिकाको माटो मगाएर आफ्नो बच्चालाई आफ्नै देशको माटोमा जन्माउने वाचा गरेका छन् । टोनीले आफ्नो प्रान्त टेक्सासको माटो इटलीमा मगाएका हुन् ।

एक कन्टेनरले त्यहाँको माटो भरेर पानी जहाँजबाट पठाएको थियो । उनले बच्चा जन्मिन लागेपछि अस्पतालमा पत्नीको बिस्तारा मुनि राख्ने र आफ्नै देशको माटोमा बच्चा जन्माउँने बताएका छन् । जेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?