मेयर सवार गाडी टिपरसँग ठोक्कियो

झापा । झापाको शिवसताक्षी नगरपालिकाका मेयर चन्द्रकुमार शेर्मा सवार गाडी टिपरसँग ठोकिएर दुर्घटनामा परेको छ ।

दमक नजिकै रतुवा खोला पुलमा आइतबार दिउँसो शर्माले चलाएको गाडिलाई टिपरले ठक्कर दिएर भागेको छ ।

नगरपालिकाको उक्त गाडी मेयर शर्माले नै चलाएको बताइएको छ । गाडिमा क्षति पुगेको छ । मेयर शर्मा सकुसल रहेका छन् ।

औषधि किन्न दमक जादै गरेका मेयरको गाडिलाई ठक्कर दिएर भागेको छ । शेर्माले गाडि आफै चलाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?