२०७६, १२ माघ आईतवार १४:२६

आँखामा खुर्सानिको धुलो छर्केर ५० लाख लुटपाट, ६ जना पक्राउ


प्रकाशित मिति : २०७६, १२ माघ आईतवार १४:२६

काठमाडौं । काठमाडौं महानगरपालिका-१५ स्थित भगवानपाउका बच्चुराम गुरुङलाई विभिन्न प्रलोभन देखाएर आँखामा खुर्सानिको धुलो छर्केर ५० लाख रुपैयाँ लुटपाट गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बेद बहादुर भन्ने भिम बहादुर घर्तीमगरले मेरो बाजेसंग बल्ने ढुङा छ भनि बिभिन्न बहाना बनाई प्रलोभन देखाई गुरुङसंग उक्त रकम लुटपाट गरेको प्रहरीले जनाएको छ ।

गुरुङलाई खुकुरी र फलामको लठ्ठी देखाई आँखामा खुर्सानीको धुलो छर्किएर ५० लाख रुपैयाँ लुटपाट गर्ने दाङ पुरन्धारा गाउँपालिका ९ खेप्ताङका बेदबहादुर भन्ने भीमबहादुर घर्तीमगरसहित ३० वर्षका नकुर तामाङ, ३८ वर्षका दावा छिरिङ तामाङ, ३६ वर्षका कुमार बहादुर बुढाथोकी, वर्ष ३६ कै तेन्जिङ बहादुर तामाङ र २८ वर्षका संजित वाईवालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ परेकाहरुलाई महानगरीय अपराध महाशाखाले आज सार्वजनीक गरेको हो ।

प्रतिक्रिया दिनुहोस