नेपाल यू–१९ इस्टर्न रिजन क्रिकेटको फाइनलमा, मलेसियाको लज्जास्पद हार

काठमाण्डौं, ३१ भदौ ।मलेसियालाई लज्जास्पद हार चखाउँदै नेपाल नेपाल यू–१९ इस्टर्न रिजन क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । मलेसियालाई पूरै १० विकेटले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो । मलेसियाले दिएको १२२ रनको लक्ष्य नेपालले २३.१ ओभरमा विना विकेटको क्षतिमा भेट्यो । यसअघि हारेर पहिले ब्याटिङ गरेको मलेसियाले ४२ ओभरमा मात्र १२१ रन बनाएर अलआउट भएको थियो । नेपालले उपाधिका लागि सिंगापुर र हङकङ मध्ये एक टीमसंग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?