माघ २४ बाट एमसीसीविरुद्ध ९ दलले गरे आन्दोलन गर्ने घोषणा

काठमाडौं । आगामि माघ २४ गतेबाट अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता विरुद्ध ९ वटा साना दलले संयुक्त रुपमा आन्दोलनका घोषणा गरेका छन् ।

नेकपा मसाल, क्रान्तिकारी (माओवादी), नेकपा माले, राष्ट्रिय जनमोर्चा लगायत दलले शनिबार विज्ञप्ति जारी गर्दै आन्दोलनको घोषणा गरेका हुन् ।

उनीहरुले काठमाडौं, विराटनगर, जनकपुर, पोखरा, बुटवल सुर्खेत र धनगढीमा विरोधसभा गर्ने विज्ञप्तीमा उल्लेख गरेका छन् ।

भारतले नेपालको लिम्पियाधुरा, कालापानी र लिपुलेक लगायत भूमि अतिक्रमण गरेको र एमसीसी सम्झौता अगाडि बढाएको निष्कर्ष निकाल्दै आन्दोलनको घोषणा गरीएको विज्ञप्तीमा उल्लेख गरीएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?