धोनीले गाली गर्दा चौरमै रोएका थिए यी भारतीय क्रिकेटर

काठमाडौं । केहि दिन अगाडि नागपूरमा भएको बंगलादेश र भारतबीचको अन्तिम टी-२० मा ह्याट्रिक गरेर भारतका तीब्र गतिका बलर दीपक चाहरले नयाँ रेकर्ड बनाएका छन् ।

चाहर अन्तर्राष्ट्रिय टी-२० क्रिकेटमा ह्याट्रिक गर्नेवाला भारतीय पहिलो बलर बनेका छन् । उनले उत्कृष्ट बलिङ गर्दै श्रीलंकाका अजन्ता मेन्डिसको सर्वश्रेष्ठ बललरको वर्ल्ड रेकर्ड पनि तोडेका छन् ।

उनलाई बंगलादेशबिरुद्धको तीन दिवसीय सिरिजमा उत्कृष्ट खेलेको भन्दै टी-२० मा म्यान अफ द म्याचको अवार्ड दिइएको थियो ।

त्यसैले अहिले चाहरको चर्चा विश्वभरि नै फैलिएको छ । तर एक समय यस्तो पनि थियो जुन बेला चाहरले खराब बलिङ गर्दा भारतीय पूर्व कप्तान महेन्द्र सिंह धोनीले उनलाई धेरै गाली गरेका थिए ।

धोनीले चाहरलाई ६ अप्रिल सन् २०१९ को आईपीएलमा गाली गरेका थिए । त्यतिबेला चेन्नई सुपरकिंग्स र किंग्स इलाभेन पञ्जावको खेल भईरहेको थियो ।

पञ्जावलाई अन्तिम दुई ओभरमा जीतका लागि ३९ रन आवश्यक थियो । त्यतिबेला धोनीले बलिङका लागि चाहरलाई चुनेका थिए । चाहरले योर्कर बलिङ गर्ने प्रयास गरेका थिए । तर उनका सबै बल फुलटच बलको रुपमा गए । साथै उनले एउटा नोबल पनि गरे ।

यस्तो बलिङ देखेर धोनी रिसाए र उनले चाहरलाई ग्राउण्डमै गाली गर्न शुरु गरे । धोनीले गरेको गालीका कारण चाहर त्यहिँ रुन थालेका थिए । त्यसपछिको खेलमा भने उनले सुधारिएको बलिङ गरेका थिए ।

अर्काे खेलमा उनले खतरनाक ब्याट्स्म्यान डेविड मिलरलाई समेत बोल्ड गरेका थिए । धोनीको त्यो गाली नै चाहरका लागि ट्रनिङ पोइन्ट भएको उनी बताउँछन् ।

अहिले पनि धोनीले गरेको गाली सुन्दा डर लाग्ने गरेको चाहरले भारतीय सञ्चारमाध्यामहरुसँग बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?