गर्भावस्थामा चिसोबाट जोगिन के गर्ने ? यस्ता छन् घरेलु उपाय

काठमाडौं । हिजोआज मौसम अत्यधिक चिसो छ । चिसोबाट वृद्धवृद्धा, बालबालिका, गर्भवती र सुत्केरी महिलाहरु बढी प्रभावित हुन्छन् । आज हामी गर्भावस्थामा महिलाहरुले चिसोबाट जोगिन के गर्ने भन्नेबारे तपाईलाई जानकारी गराउन गइरहेका छौं ।

चिसो लाग्नु भनेको गर्भावस्थामा सामान्य समस्या मानिन्छ । अन्य अवस्थामा औषधिको सेवन गरेर चिसोबाट बच्न सकिन्छ तर गर्भावस्थामा औषधिको प्रयोग गर्नु हुँदैन । त्यसैले यस्तो अवस्थामा गर्भवती महिलाहरु विशेष ख्याल राख्नुपर्ने हुन्छ ।

गर्भावस्थामा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । त्यस कारण स्वास्थ्यमा विभिन्न खाले समस्याहरु देखिन्छन् । यस्तो अवस्थमा सानो सानो समस्या हुँदा पनि निकै केयर गर्नुपर्ने डाक्टरहरु बताउछन् । गर्भवती महिलाले जाडोबाट जोगिन कस्तो उपाय अपनाउने त ? प्राकृतिक वा घरेलु उपचार विधिअपनाउँनु पर्छ ।

गर्भावस्थामा चिसोबाट जोगिनका लागी सजिलो र सुरक्षित घरेलु उपचारहरू यस्ता छन्ः

१. नुन पानी : नुन पानीले गर्भावस्थामा चिसोबाट जोगिन मद्दत गर्दछ। यसले ब्याक्टेरिया र भाइरसहरू हटाउँछ । गर्भावस्थामा चिसो र खोकीबाट राहत पाउँने यो उत्तम उपचार हो। एक गिलास तातो पानीमा आधा चम्चा नुन हालेर खाए खोकी र घाँटी दुख्ने समस्या कम हुन्छ ।

२. बामको स्टिम लिने : चिसो मौसमका कारण भएका समस्याहरुबाट छुटकारा पाउँनका लागि बामको स्टिम निकै प्रभावकारी मानिन्छ । तातो पानीको भाँडामा बाम राखेर र स्टीम लिन सकिन्छ । यसो गर्दा रुघाखोकी लगायत चिसो पनि हटाउँछ । घाँटी दुखाइ कम गर्न बामको स्टिम निकै फाइदाजनक हुन्छ।

३ लसुन : लसुनको प्रयोगले चिसोसँग लड्न मद्दत गर्दछ। केही चिकित्सा अनुसन्धानले लसुन खानाले गर्भावस्थामा रक्तचाप कम गर्न, रक्त संञ्चारलाई बढावा दिन र कोलेस्ट्रोलको स्तर कायम राख्न प्रभावकारी हुने पुष्टि गरेको छ ।

४ अदुवा : अदुवा गर्भावस्थामा चिसो रोकथामको लागि उत्तम घरेलू उपचारहरू मध्ये एक हो। अदुवाको सानो टुक्राहरु पानीमा उमालेर त्यसमा कागती र मह घोलेर पिउँदा चिसोबाट सजिलै छुटकारा पाउन सकिन्छ । यसले रक्त संचारमा सुधार ल्याउँनुका साथै संक्रमण पैदा गर्नदिदैन् र ब्याक्टेरियाहरु सँग लड्न मद्दत गर्दछ।

५ नरिवलको तेल : नरिवल तेलमा रहेको लौरिक एसिडले भाइरसको वरपरको लेपलाई नष्ट गर्न र संक्रमणसँग लड्न मद्दत गर्छ। रुघाखोकी वा गर्भावस्थामा चिसोले विभिन्न खाले समस्या उत्पन्न गराएको छ भने , नरिवलको तेल सरल र उत्तम उपचार हो। चिसोबाट राहत पाउन कुनै पनि तातो खानामा एक चम्चा नरिवलको तेल हालेर खाएमा चिसोले निम्त्याएको समस्या कम गर्न सकिन्छ ।

६ प्याज : प्याज गर्भावस्थाको चिसोका लागि सबैभन्दा प्रभावकारी आयुर्वेदिक उपचार हो। प्याजमा सल्फ्यूरिक यौगिक हुन्छ, जुन भाइरस र ब्याक्टेरिया संक्रमणलाई मार्न उपयोगी मानिन्छ छ ।

७ मह र कागती : मह र कागती मिश्रण गरेर खादा लाभदायक मानिन्छ । कागतीमा भएको भिटामिन सी ले प्रतिरक्षा प्रणालीलाई मजबुत पार्छ । एक गिलास तातो पानीमा एक चम्चा मह र एक चम्चा कागतीको रस हालेर दिनमा दुईदेखि तीन पटक पिउदा खोकीबाट राहत पाउन सकिन्छ ।

८ स्वस्थ्य आहार : स्वस्थ्य आहार खानाले गर्भावस्थामा मात्र नभई सामान्य अवस्थामा पनि शरीरलाई उर्जा प्रदान गर्छ। गर्भवती महिलाहरूले चिसोबाट राहत पाउन थोरै तर समय समयमा खाना खाइरहनुका साथै ताजा फलफूल, तरकारी लगायत अन्य स्वस्थ्य खानेकुरा पनि खानु पर्छ ।

९ शारीरिक व्यायम : गर्भावस्थामा चिसो लागेमा हल्का व्यायाम गर्न सकिन्छ । सक्रिय रहनाले शरीरलाई न्यानो राख्छ। व्यायामले रोग प्रतिरोधात्मक क्षमता सिर्जना गर्दछ । त्यसैले गर्भावस्था केही सुरक्षित अभ्यासहरू गर्नु राम्रो मानिन्छ । एजेन्सी

यो पनि

काठमाडौं । गर्भवस्थाको बेला धेरै कुरामा ध्यान दिनुपर्ने हुन्छ | यो अवस्थामा खानपानदेखी लगाउने कुरासम्ममा लापरबाही गर्दा गर्भपतन हुने सम्भवना हुन्छ | खासगरी पहिलो पटक आमा हुन लागेको महिलाले त बढी ध्यान दिनुपर्छ |

यस्तो बेलामा फस्टफुड र फ्रोजन खाने कुरा खानुहुदैन् | धेरै दिन सम्ममा राखेको खानमा किटाणुहरु हुन्छ | किटाणुहरुले बच्चामा असर गर्छ | त्यहि कारणले पनि यो अवस्था खानेकुराको बढी ध्यान दिनुपर्छ | कतिपय खाने कुराहरु त खानै हुदैन् | ति हुन् –

१. हरियो आलू – हरियो आलुमा सोलेनिन नामको एन्जाइम हुन्छ | जसको कारणले गर्भपतन हुने सम्भवना हुन्छ |

२. भुईकटहर – भुईकटहरमा ब्रोमलिन हुन्छ | भुईंकटहरको जुस अत्यधिक पिउँदा समय हुँदा पनि प्रसव पीडा नभइरहेका महिलालाई पनि प्रसव पीडा हुने गरेको छ । त्यस कारणले सुरुवाती ३ महिनामा भुईकटहर खानु हुँदैन |

३. रक्सि – एक अनुसन्धानले भने अनुसार रक्सी पिउनाले धेरै जसो गर्भपतन हुने सम्भवना हुन्छ | रक्सीमा सुगरको मात्रा बढी हुने भएकोले गर्भवती महिलालाई हानी गर्छ |

४. बढी नुन – गर्भावस्थामा बढी नुन खानाले उच्च रक्तचाप हुने सम्भवना हुन्छ | साथै शरीर सुनिने पनि गर्छ |

५. घ्यु कुमारी – गर्भवस्थाको बेलामा घ्यु कुमारीको प्रयोगले रक्तस्राव हुने सम्भवना हुन्छ । त्यसले यसको प्रयोग गर्नुहुँदैन ।

६. माछा – माछामा पारो धातुको मात्र उच्च हुन्छ । जुन सेवन गर्नाले आमा र बच्चा दुवैलाई असर गर्छ ।

७ .अण्डा – अण्डामा साल्मेनोला स्पिसिज ब्याक्टेरिया हुन्छ । यो कुनै किसिमको इन्फेक्सनको कारण बन्न सक्छ । गर्भवस्थामा अण्डाको सेवन कम गर्नु वा गर्दै नगर्नु वेश हुन्छ । किनभने यसबाट इन्फेक्सन हुने सम्भावना वृद्धि हुनुका साथै पचाउन पनि कठिन हुन्छ । अण्डा राम्रोसँग पकाएर खानुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?