एन आई सी एशियाको शेयरमा लगानीकर्ताको आकर्षण बढ्यो

काठमाडौं । एन आइसी एशिया बैंककाे शेयरप्रति लगानीकर्ताको आकर्षण बढेको छ । शाखा विस्तारको हिसाबमा मात्र नभइ शेयर कारोबारको आधारमा पनि बैंक अग्रणी मानिएकाले लगानीकर्ता एन आईसी प्रति आकर्षण बढेको हो ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा बैंकले २ अर्ब १ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । त्यस्तै उक्त आंकडालाई मुल्यांकन गर्दा आगामी ६ महिनामा पनि बैंकले त्यहि किसिमको नाफा आर्जन गर्न सकेमा बैंकको नाफा वार्षिक ४ अर्ब भन्दा माथि हुनेछ । जसका कारण बैंक ४० प्रतिशतसम्म लाभांश सहजतापूर्वक प्राप्त गर्न सक्नेछन् । त्यसैको लागि पनि बैंकको शेयर बिक्रि गर्न थालिएको बजार बजारमा चर्चा चल्न थालेको छ ।

हाल बैंकको चुक्ता पूँजी ९ अर्ब ७१ करोड ७६ लाख बराबर रहेको छ । यदि लगानीकर्ताहरुलाई ४० प्रतिशत लाभांश वितरण गर्ने हो भने बैंकको ३ अर्ब ८९ करोड बराबर खर्च हुन्छ । भने बाँकि रहेको ६ अर्ब बराबरको रकम रिजर्भ कोषमा राख्न पुग्ने किसिमको देखिन्छ । त्यसैले पनि बैंकले यस वर्ष शेयर कारोबारमा बढवा दिने विज्ञहरुको तर्क रहेको छ ।

हाल बैंकको प्रति कित्ता शेयर मूल्य ४ सय ८० भन्दा माथि रहेको छ । यस भन्दा अघिसम्म शेयरको मूल्य ३ सय ७५ हाराहारीमा रहेको थियो । छोटोसमयको अन्तरालमा नै शेयरको मूल्यमा भएको बृद्धिका कारण पनि नाफा हुनेमा विश्वस्त भइ लगानी कर्ताहरु बैंक प्रति आकर्षित भएका हुन् । अहिलेको शेयर मूल्यको आधारमा लगानीकर्तालाई प्रतिशेयर सय रुपैयाँ नाफा हुने देखिन्छ । त्यसमा पनि यसै वर्ष मात्र बैंकले प्रतिशेयर १० रुपैयाँ बोनस तथा ११ दशमलव ५ प्रतिशत नगद गरि कुल २१ दशमलव ५ प्रतिशत लाभांश लगानीकर्ताले पाउनेछन् । त्यसैको कारण पनि पछिल्लो समय एन आई सी एशियाको शेयर प्रति लगानीकर्ताको आकर्षण बढेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?