२२ जेष्ठ २०८०, सोमवार

एक घर दुई बिरुवा : भरतपुर महानगरकि मेयर रेणुको नयाँ अभियान

२०७४,भाद्र,३१,शनिवार ०६:२४

0
Shares

भरतपुर, ३१ भदौ ।भरतपुर महानगरपालिकाकि मेयर रेणु दाहालले सुन्दर र सफा सहरका लागि हरियाली अभियान आफ्नो प्राथमिकतामा रहेको बताएकी छिन् ।एक घर दुई विरुवाका लागि महानगरले नीति तयार पारेको उनको भनाइ थियो ।महानगरको ११ नम्बर वडामा रहेको गणेशस्थान मन्दिर संरक्षण संवद्र्धन समितिले मन्दिर परिसरमा रहेको रोटरी पार्कमा आयोजना गरेको वृक्षारोपण कार्यक्रमा सरिक मेयर दाहालले हरियाली मानव सभ्यतासँग जोडिएको उल्लेख गरिन् ।महानगर क्षेत्रभित्र रहेका धार्मिक स्थलहरुलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने योजना महानगरले बनाएको उनको भनाई छ । त्यसका लागि भरतपुर महानगर क्षेत्रभित्र रहेका धार्मिक स्थलहरुको संरक्षण र विकासका लागि जस्तो जुकै कदम चाल्न तयार रहेको उनले बताइन् ।अर्को प्रसंगमा मेयर दाहालले महानगरमा क्षेत्रमा सुकुम्बासी समस्यालाई विस्तारै व्यवस्थापन गर्ने उल्लेख गरिन् । महानगर जोड्ने रिङ रोड र लिंक रोड निमार्णको कार्यलाई तत्काल सुरु गर्ने उनको भनाई थियो । यसका लागि एकिकृत शहरी विकासका लागि शहरी विकास मन्त्रालयबाट महानगरमा दुई अर्व रुपैयाँ बराबरको वजेट पार्न सफल भएको उनको दावी थियो ।

प्रकाशित मिति: २०७४,भाद्र,३१,शनिवार ०६:२४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । पर्यटन प्रबर्द्धनका लागि यही जेठ २३ देखि २६ सम्म काठमाडौंमा हिमालयन ट्राभल मार्ट आयोजना हुने भएको छ ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले डेङ्गु रोग नियन्त्रण, रोकथाम र उपचारका लागि बेलैमा सावधानी अपनाउनुपर्ने भन्दै सङ्घीय संसद्

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सात सय ५३ वटै स्थानीय तह र देशका सबै अस्पताललाई कूल शय्याको १० प्रतिशत

काठमाडौं । ब्लड डोनर्स एशोसिएसन नेपाल ९ब्लोदान० ले विश्व रक्तदाता दिवस २०८० ९२०२३० का उपलक्ष्यमा सप्ताहव्यापी कार्यक्रम आयोजना गर्ने भएको

ताजा समाचार

कोरोना भाइरसको सङ्क्रमण शून्यमा
 २०८०,जेष्ठ,२१,आईतवार २२:४१