यी महिला २० औँ पटक बनिन् गर्भवती

काठमाडौं । आमा बन्ने सपना हरेक महिलाहरुले देखेका हुन्छन् । तर भारतको महाराष्ट्रकी एक महिला २० पटक गर्भवती भएकी छिन् । उनी एक प्रवासी कामदार हुन् ।

उनले अहिलेसम्म २० वटा बच्चलाई जन्म दिइसकेकी छिन् । स्वास्थ्य अधिकारीहरुका अनुसार ति महिलाको नाम लंकाबाई रहेको छ ।

ति महिला बीड जिल्लाको मझल गाउँमा बस्ने गर्छिन् । उनी बीड जिल्लामा भोकमरी लाग्न थालेपछि एक पटक कर्नाटक गएकी थिइन् ।

उनले त्यहिँ काम गर्दै गर्दा आफ्नो १७ औँ सन्तानको रुपमा छोरी जन्माएकी थिइन् । तर ति बच्चीको मृत्यु चाँडै भएको थियो । साथै अहिलेसम्म उनले जन्माएका ६ जनाको मृत्यु भईसकेको छ भने उनको तीन पटक गर्भपात भएको थियो ।

उनीसँग अहिले ११ जना छोराछोरी रहेका छन् । उनीसँग ९ जना छोरी र २ जना छोराहरु छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?