उपाधिको लागी केब्स कलेज र इनसाइट भिजन भिड्ने

काठमाडौं । पहिलो लुम्बिनी कप फुटसल प्रतियोगिताको उपाधिको लागी केब्स कलेज र इनसाइट भिजन एकेडमी ए भिड्ने भएका छन् ।

चुच्चेपाटीस्थित लुम्बिनी एकेडमीको फुटसलमा भएको सेमिफाइनलमा केब्सले इनसाइट भिजन बी लाई १–० ले पराजित गर्यो । यस्तै दोस्रो सेमिफाइनलमा इनसाइट भिजनके साइपाल एकेडेमीलाई ४-० ले हराउदै केब्ससँगको भिड्ने पक्का भएको हो ।

प्रतियोगिताको विजेताले ५० हजार हात पार्दा उपविजेताले २५ हजार पाउँने छन् । प्रतियोगिताको उत्कृष्ट स्ट्राइकर, गोलकिपर र डिफेन्डरलाई होली एजुकेसन फाउन्डेसनले आकर्षक गिफ्ट ह्याम्परको व्यवस्था गरेको छ ।

प्रतियोगितामा उपत्यकाका कुल ३२ टोलीको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?