ताप्लेजुङमा हिमपात

ताप्लेजुङ, ११ माघ – ताप्लेजुङका उच्च हिमाली क्षेत्रमा हिमपात शुरु भएको छ बुधबार दिउँसो भएको सामान्य वर्षासँगै हिमपात भएको हो । उच्च क्षेत्रमा रहेका ओलाङचुङगोला, याङ्मा, घुन्सा, लेलेप, ग्याव्ला, फलेलगायतका बस्तीमा बाक्लो हिमपात भएको छ भने प्रशिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रमा समेत हिमपात भएको स्थानीयले बताएका छन् हिमपात भएसँगै जिल्लाभर चिसो बढेको छ । दुई हजार ५०० मिटरभन्दा माथि रहेका उत्तरी क्षेत्रका बासिन्दा चिसोको बढी प्रभावमा परेका छन् भने सामान्यतया जिल्लाभर नै तुलनात्मकरुपमा चिसो बढेको स्थानीयले बताएका छन् । पाथीभरा मन्दिरमा समेत बाक्लो हिउँ परेको प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए हिउँ परेसँगै हिउँमा रमाउन चाहने स्थानीय मानिस सुकेटार हुँदै पाथीभरा मन्दिरसम्मको भ्रमणमा निस्कन थालेको स्थानीय इन्द्रनारायण भट्टराईले जानकारी दिए । गएका वर्षको तुलनामा यो वर्ष ताप्लेजुङमा ढिला गरी हिमपात भएको हो । गएका वर्षमा कात्तिक मंसिरदेखि नै हिउँ पर्ने गथ्र्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?