६० वर्षका वृद्धको बिहे २३ वर्षकी युवतीसँग, हेर्नेको लाग्यो भीड !

काठमाडौं । श्रीमानले श्रीमतीलाई धोका दिएर दोश्रो विवाह गरेको खबर त हामीले सुनेका नै छौँ । तर के तपाईले एक श्रीमान श्रीमतीकै खुसीमा दोश्रो विवाह गरेको खबर सुन्नुभएको छ ? यदि छैन भने आज हामी तपाईलाई बताउँछौँ ।

भारतको झराखण्डस्थित राजनगर जिल्लाका एक ६० वर्षीया वृद्धले २३ वर्षकी युवतीसँग विवाह गरेका छन् ।
ललमोहन नाम गरेका ति वृद्धलाई छोरा जन्माउँन एकदमै रहर थियो ।

तर उनकी जेठी श्रीमती सरला महतोको कोखबाट छोरा नजन्मिएपछि उनले सरलाको सहमतिमै दोश्रो विवाह गरेका हुन् ।

सरला महतोबाट दुई छोरीहरु जन्मिए पनि उनलाई छोरा जन्माउँन अत्याधिक मन लागेकोले २३ वर्षकी युवतीसँग विवाह गरेको लालमोहनले बताएका छन् ।

उनले अहिले २३ वर्षकी चेती महतोसँग विवाह गरेका हुन् । स्थानीय समाजसेवी रामरतनले लालमोहनको दम्पतिलाई पुत्र प्राप्ती नभएकै कारण चेती महतोसँग विवाह गरेको भारतीय सञ्चारमाध्यामलाई बताएका छन् ।

यो अनौठो विवाह हेर्नका लागि मानिसहरुको भीड लागेको थियो । चेतीले निष्ठावान भएर पतिव्रता धर्म निभाउने वाचा गरेकी भारतीय सञचारमाध्यामहरुले जनाएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?