बढ्न थाल्यो सुनको मूल्य, कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुन तथा चाँदीको मूल्यमा बृद्धि भएको छ । शुक्रवार प्रतितोला छापावाला सुनको ७५ हजार २ सय रहेको थियो । भने आज प्रतितोला सुन ३ सयले बृद्धि भइ प्रतितोला सुन ७५ हजार ५ सय कायम भइ कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य ७५ हजार २ सय रहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले् बृद्धि भएको छ । शुक्रवार प्रतितोला चाँदीको मूल्य ८ सय ८५ रहेको थियो । भने आज मूल्य बृद्धि भइ प्रतितोला चाँदी ८ सय ९५ कायम भइ कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?