वेष्ट इण्डिजका स्मिथले भैरहवाबाट ईपीएल खेल्ने

काठमाडौं । वेष्ट इण्डिजका क्रिकेटर ड्वाने स्मिथले भैरहवा ग्लाडियटरबाट यस सिजनको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी(ट्वान्टी क्रिकेट खेल्ने भएका छन् ।

भैरहवाले शनिबार प्रेस विज्ञप्ति जारि गर्दै स्मिथ अनुबन्ध भएको जनाएको छ । ३६ वर्षे स्मिथलाई भैरहवाले आइकनिक खेलाडीको रुपमा अनुबन्ध गरेको हो ।

अनुबन्ध रकम भने खुलाईएको छैन । भैरहवा शरद भेषवाकरको कप्तानीमा ईपीएल खेल्ने छन् । चौंथो संस्करणको ईपीएल चैत १ देखि १५ गतेसम्म काठमाडौंमा संचालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?