काठमाडौं । फिफा सहायक रेफ्री पदम बहादुर भुजेल फिफा ब्याज लिएर सम्पर्क विहिन भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा सञ्चालन भईरहेको शीर्ष डिभिजनको लिग छाडेर पदम विदेशिएका हुन् ।
काठमाडौंमा सहिद स्मारक ए डिभिजन लिगका खेल चलिरहँदा पदम रोयल गार्डका लागि दुबईतर्फ लागेको बुझिएको छ ।
शीर्ष डिभिजनको लिग अगाडी एन्फाले १२ जना महिला तथा पुरुष रेफ्रीलाई फिफा ब्याज २०२० हस्तान्तरण गरेको थियो । जसमा पदम समेत सहभागी थिए । हाल एन्फामा ४ पुरुष फिफा रेफ्री, ६ सहायक पुरुष रेफ्री रहेका छन् । यस्तै महिलातर्फ समान एक एक जना रेफ्री र सहायक रेफ्रीमा छन् ।
एन्फाले हरेक बर्ष नेपालमै फिटनेश जाँच गर्दै रेफ्रीको नविकरण गर्न एएफसीमा नाम पठाउने गरेको छ । पछिल्लो समय रेफ्री ब्याजको नविकरण नेपालमै हुँदै आएको छ ।
फिफाले स्विकृत गरेको नामलाई एन्फाले फिफा ब्याज दिदै आएको छ । यसपटक भने एन्फाले डिसेम्बरको अन्तिम साता १२ रेफ्रीलाई ब्याज हस्तान्तरण गरेको थियो ।
एन्फाले ब्याज दिने र आफु विदेशीने तय हुँदा हुँदै पदमले ब्याज लिएकोमा अन्य रेफ्रीले गुनासो गरेका छन् ।
लिग खेलाईरहेका एक रेफ्री भन्छन् ‘आफु विदेश जाने तय भएको रहेछ । यस्तो अवस्था उनले पहिल्यै फिफा ब्याज छोड्नपर्ने थियो । नयाँले मौका पाउन्थ्यो ।’
एन्फाले २० जना ‘ए’ श्रेणीका रेफ्रीलाई लिगका लागि स्विकृती प्रदान गरेको छ । जसमा पदम पनि छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया