यी हुन् बलिउडका ७ सर्वाधिक आकर्षक अभिनेत्री

एजेन्सी । बलिउडमा काम गर्ने कलाकारहरु मध्ये ७ यस्ता अभिनेत्री छन् जुन यो वर्षको लागि सर्वाधिक आकर्षक अभिनेत्री भएका छन् । भारतीय फिल्म उद्योगमा आफ्नो सुन्दताका लागि चर्चित छन् को हुन त सर्वाधिक आकर्षक अभिनेत्री ?१ प्रियङ्का चोपडाप्रियङ्का मिस इन्डियाका साथसाथै ‘ब्युटी विथ ब्रेन’ पनि हुन् । बलिउडका साथसाथै हलिउडमा समेत काम गर्न उनी सफल छिन् । उनका बलिउडमा कैयौँ चलचित्र छन् । उनले एक गीतसमेत गाएकी छन् ‘इन माई सिटी’ । यो गीत निकै चर्चितसमेत बनेको थियो २ माधुरी दीक्षित माधुरी बलिउडकी उत्कृष्ट अभिनेत्री मध्येकी एक हुन् । लामो समयको अन्तरालपछि उनी केही समय पहिले भारत फर्किएकी हुन् । माधुरीका कैयाँै हिट चलचित्र बाहिर आएका छन् । माधुरीका स्माइल र डान्स सबैभन्दा उत्कृष्ट रहने गरेका छन् ३ ऐश्वर्या राय बच्चनऐश्वर्या राय बच्चनले १९९४ मा मिस वल्र्डको उपाधि जितेकी थिइन् । मोहक सुन्दरता र निलो आँखाका कारण ऐश्वर्या कैयाँै दिलको धड्नक बन्न सफल छिन् । ऐश्वर्याले करियरको सुरुवात मोडलिङबाट गरेकी थिइन् । उनी सुन्दरताकी महारानीको नामबाट समेत चिनिने गर्छिन् । कैयौँ चलचित्रमा अभिनय गरेकी ऐश्वर्या अहिले पनि सुन्दर महिलाको सूचीमा पर्ने गरेकी छन् ४ अनुष्का शर्माअनुष्का शर्माले बलिउडका बादशाह शाहरुखको जोडीको रूपमा अभिनयमा डेब्यु गरेकी हुन् । ‘रब ने बना दि जोडी’ उनको पहिलो चलचित्र हो । यो चलचित्रपछि उनले पछाडि फर्केर हेर्नुपरेको छैन । उनले अहिलेसम्म बलिउडमा केही हिट चलचित्र दिएकी छन् ५ दीपिका पादुकोणदीपिका ‘पद्यावत’की अभिनेत्री हुन् । ‘पद्यावत’ विहीबारबाट विश्वका कैयाँै मुलुकमा रिलिज भएको छ । उनी ब्याडमिन्टन खेलाडी प्रकाश पादुकोणकी छोरी हुन् । उनी राम्रो अभिनेत्री र मोडलको अलवा ब्याडमिन्टन खेलाडी पनि हुन् । उनको सुन्दरताका कैयौँ दिवाना छन् ६ कट्रिना कैफकट्रिनाले चलचित्र ‘बुम’बाट फिल्मी यात्रा थालेकी हुन् । तर यो चलचित्र अभिनयबाट उनले धेरै चर्चा पाउन सकिनन् । अहिले उनी बलिउडकी हिट अभिनेत्री मध्यकी एक हुन् । बलिउडमा उनका केही हिट चलचित्र पनि छन् । उनी अभिनयभन्दा पनि सुन्दर र स्टाइलिस भएका कारणले बढी चर्चित छिन् ७ करिना कपुर खानअभिनेत्री करिना हमेसा अभिनय, डाइटिङ र जिरो फिगरका कारणले चर्चामा रहन्छिन् । उनी सुन्दर त छिन् नै, यसको अलवा उनी एक सफल अभिनेत्री पनि हुन् । चलचित्र अभिनयमा उनी भिन्न भिन्न भूमिका निर्वाह गर्नसमेत माहिर मानिएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?