उद्योगी व्यवसायीहरुले व्यापार घाटा न्यूनिकरण गर्ने बलियो आधारहरु अझै तयार हुन नसकेको बताएका छन् ।
नेपाल समुन्द्रपार निकासी पैठारी संघको ४० औं वार्षिक साधारण सभाको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उद्योगी व्यवसायीहरुले सरकारका नीतिहरुका कारण नै व्यापार घाटा कम गर्ने आधार तयार हुन नसकेको बताएका हुन् । नेपालबाट निर्यात हुने हरेक सामानको निकासी घट्दै गएतापनि पछिल्लो समय पाम आयलको निर्यात बढेका कारण व्यपार घाटामा सुधार देखिएको नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले बताए । यद्यपि, केही दिन यता पाम आयल पनि निर्यात हुन नसक्दा व्यापार घाटा फेरी बढ्ने निश्चित भएको बताए ।
नेपालबाट निर्यात हुने अलैंची, अदुवा, तयारी पोशाक लगायतका वस्तुको निर्यात घटेको र तुलनात्मक रुपमा सूचि बनाएर गरिएको यापारमा उक्त सूचिले समेत काम गर्न नसकेको बताए । उनले भने, ‘अलैंचीको कुरा गर्ने हो भने २०१७ १८ मा हामीले ४ अर्ब ८४ करोडको निर्यात गरेका थियौं, गत वर्ष ४ अर्ब २८ करोड भयो यो पनि घटेको छ । अदुवा ७० करोडबाट ४० करोडमा झ(यो हाम्रो तयारी पोशाक पनि वार्षिक ५० करोडको गिरावट आएको छ यसले के देखाएको छ भने तुलनात्मक रुपमा जुन हामीले एउटा लिस्ट बनाएका छौं त्यो लिस्टमा हामीले जुन रणनीतिहरु लिएका छौं ती रणनीतिहरुले काम गरेका छैनन् ।’
उनले रेमिट्यान्स पनि घट्दै गएको अवस्थामा आयात धान्न नसक्ने देखिएको र यसले भविश्यमा थप चूनौती रहेको बताए । उनले भने, ‘बाह्य क्षेत्रसँग सम्बन्धित रहेको रेमिट्यान्स पनि पाँच महिनामा शुन्य दशमलव १ प्रतिशत अर्थात शुन्य दरले मात्रै बढेको छ । गत वर्ष व्यापार घाटा र रेमिट्यान्सको ग्याप ४ खर्ब बढी देखिसकेको छ । जुन दरमा निर्यात बढेको छ त्यसमा हामीलाई पुग्दैन आउने समय हाम्रो लागि चुनौतिपूर्ण रहन्छ भन्ने देखिन्छ । अझैपनि हाम्रो मुलुकको निर्यात एक अर्ब डलर पनि पुग्न सकेको छैन यो निरासा पूर्ण सुचाङ्क रहेको छ ।’
वरिष्ठ उपाध्यक्ष गोल्छाले भन्सारमा वस्तुको सन्दर्भ निर्धारण तोक्ने र एचएस कोड निर्धारण गर्ने काम राजव्य बढाउनका लागि प्रयोग हुँदै आएको बताए । यसले पनि व्यापार क्षेत्रमा असर पारेको बताए । उनले भने, ‘सन्दर्भ मूल्य न्यून बिजिकरणलाई न्यूनिकरण गर्नका लागि सरकारले ल्याएको नियम हो यो सिद्धान्ततः हेर्नेहो भने राम्रै छ तर न्यून बिजिकरण जब राजश्व लक्ष्य प्रप्ती नहुँदाखेरी यसलाई प्रयोग गरिन्छ यो फेरिअर्को विकृति जस्तै निम्त्याइरहेको छ त्यस्तै गरेर हार्मोनिक कोड यो पनि अन्तर्राष्ट्रिय मान्यताप्राप्त एउटा सिस्टम हो यो पनि विकृतिलाई रोक्ने हुनुपर्ने यसलाई हामीले स्वागत नै गर्छौं । तर जुनबेला हार्मोनिक कोड र सन्दर्भ मूल्य राजश्वयको लक्ष्य प्राप्तीको लागि प्रयोग हुन्छ झन ठुलो विकृति आउँछ यसलाई रोक्नुपर्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया