२०७४, ११ माघ बिहीवार १६:१७

यस्तो छ सिनेमाको पटकथाजस्तो लाग्ने रेयान र जुनैदको वास्तविक कहानी


प्रकाशित मिति : २०७४, ११ माघ बिहीवार १६:१७

गुवाहाटी, ११ माघ । दुई आमा, एक हिन्दू र अर्की एक मुस्लिम । दुवैलाई थाहा छ कि जुन बच्चालाई उनीहरुले पालिरहेका छन्, ती आफ्नो गर्भमा हुर्किएर जन्मिएका होइनन् हिन्दू आमासँग मुस्लिम बच्चा रेयान रहेको छ भने मुस्लिम आमासँग हिन्दू सन्तान जुनैद रहेको छ । जब उनीहरुलाई बच्चा परिवर्तन भएको थाहा भयो, त्यसबेला देखि नै उनीहरुले आफ्नो वास्तविक सन्तानलाई घर ल्याउने र जसलाई दूध चुसाएको हो, उसलाई फिर्ता गर्ने नसोचेका पनि होइनन् । तर यो निर्णय यति सजिलो थिएन मंगलदई अदालतमा दुवै परिवार बच्चा परिवर्तन गर्नका लागि पुग्छन् । यो परिवर्तनका लागि परिवारका सदस्यहरु तयार हुन्छन् तर बच्चा तयार थिएनन् । दुवै बच्चा आफ्नो वास्तविक परिवारमा जान अस्वीकार गरिरहेका थिए । बच्चाको अडानका कारण दुवै परिवारले बच्चा परिवर्तन नगर्ने निर्णय गर्छन् आज दुवै परिवारले अदालतमा पुनः आफूले पालेको बच्चासँग बस्न दिन माग गरेका छन् । अर्थात् मुस्लिम सलमा परवीनको कोखको बच्चा अब एक हिन्दू परिवार (बोडो जनजाति) को र रेयान शेवाली बोडोको कोखको बच्चा अब सलमाको जुनैद बनेर बस्नेछन् कसरी बदलिए बच्चा ?कहानी पूरा फिल्मी जस्तो छ । यो कथामा दुई वटा परिवार छन् । एक अनिल बोडोको र अर्को शासबुद्दिन अहमदको । भारतको आसामको मंगलदईमा एउटा सानो गाउँ बेइसपारा रहेको छ । अनिल बोडो आफ्नो परिवारसँग यही बसेर किसानी काम गर्छन् । ४२ वर्षका अनिलको घरमा पत्नी शेवाली बोडो, छोरी चित्रलेखा, आमा र तीन भाई रहेका छन् । बदलीचरमा बस्ने शाहबुद्दिन पेसाले शिक्षक हुन् । शाहबुद्दिनकीे बेगम सलमा घरमा नै बस्छिन् ।११ मार्च, २०१५सलमा र शेवाली दुवै जनालाई बच्चा जन्माउनका लागि प्रसुतीगृहमा एकै पटक लगिएको थियो । सलमाले बिहान ७ बजेर १० मिनेटमा तीन किलोग्राम तौल भएको एउटा छोरालाई जन्म दिइन् । शेवालीले पनि ठीक ५ मिनेटपछि अर्थात ७ बजेर १५ मिनेटमा तीन किलोग्राम नै तौल भएको बच्चालाई जन्म दिइन् दुवै जनाको नर्मल डेलिभरी थियो र उनीहरु दुवै जनालाई १२ मार्चमा अस्पतालबाट डिस्चार्ज गरियो । सलमा भन्छिन्, ‘जब म बच्चा लिएर घर गइरहेकी थिए, तब मलाई लाग्यो कि जुन बच्चा मेरो छातीमा छ, त्यो मेरो होइन । मलाई मेरो कुरा कसैले नपत्याउँलान भन्ने डर थियो, तर मलाई तेस्रो दिन नै यो बच्चा मेरो होइन भन्ने पक्का भयो ।’उनले एक सातापछि आफूहरुसँग रहेको बच्चाको अनुहार र रंग समेत नमिल्ने भएकाले आफूहरुको नभएको बताइन् । उनले भनिन्, ‘यो बच्चाको आँखा बिल्कुल म सँगै लेबर रुममा रहेकी बोडो महिलासँग मिल्छ ।’शाहबुद्दिनले पत्नीको कुरा पत्याएनन् । तर पत्नीको सन्तुष्टिका लागि उनी एक सातापछि अस्पतालमा पुगेर अस्पतालका सुपरिटेन्डेन्टसँग आफ्नी पत्नीको आशंकाबारे कुराकानी गरे । तर, उनले पत्नीको दिमागी अवस्था ठीक नभएको भन्दै उपचार गराउन भने । उनले घर आएर पत्नीलाई सम्झाउने कोशिस गरेपनि उनी आफ्नो कुरामा अडिग गरिन् करिब दुई साता पछि शाहबुद्दिनले अस्पतालमा सूचनाको हक अन्तर्गत मार्च ११ मा जन्मिएका बच्चाको विवरण मागे । उनको निवेदनको जवाफ आएपछि सलमासँग प्रसुतीगृहमा एक बोडो महिला पनि लगिएको र उनले सलमा भन्दा ५ मिनेटपछि बच्चा जन्माएको खुल्यो शाहबुद्दिन भन्छन्, ‘यसपछि म दुई पटक बेइसपारा गए, तर बच्चासँग कुराकानी हुन पाएन । म त्यहाँ पुग्दा बच्चाकी हजुरआमा मोनोमति बोडो बच्चालाई लिएर जंगलमा भाग्थिन् । त्यसपछि मैले अनिल बोडोलाई चिठ्ठी लेखे र अस्पतालको गल्तीले हाम्रो बच्चा साटिएको बताउने कोशिस गरे । तर उनीहरु यो मान्न तयार थिएनन् ।’यसबीचमा उनले अस्पताल प्रशासनलाई समेत चिठ्ठी लेखे र अस्पतालले पनि कुनै गल्ती भएको स्वीकार गरेन । त्यसपछि उनले बच्चाको डिएनए परीक्षण गर्ने निर्णय गरे । उनी पत्नी र आफूसँग रहेको बच्चाको नमूना लिएर हैदराबाद गए अगस्त २०१५ मा रिपोर्ट आएपछि उनीहरुसँग रहेको बच्चा आफ्नो नभएको पुष्टि भयो । त्यसपछि उनले यो रिपोर्ट अनिल बोडोलाई पनि पठाएपछि उनीहरुको बच्चा परिवर्तन भएको पुष्टि भयो । त्यो रिपोर्ट उनले अस्पताल पठाए तर अस्पतालले कानुनी रुपमा मान्य नभएको बतायो र उनले प्रहरीमा उजुरी दर्ता गरे जब प्रहरीले बच्चासँग भेट्योनोभेम्बर २०१५ मा यो घटनाबारे उजुरी दर्ता भयो । डिसेम्बर २०१५ मा पहिलो पटक दुवै बच्चालाई प्रहरीले भेट्यो । घटनाको अनुसन्धान गरेका हेमन्त बरुआ भन्छन्, ‘बच्चालाई देखेर अन्दाज लगाउन सकिन्छ कि दुवै जना बदलिएका हुन्, तर यो कुनै षढ्यन्त्रअनुसार गरिएको होइन ।’ यो मानवीय त्रुटीको कुरा भएको उनको भनाई छ अस्पतालकी नर्सविरुद्ध मुद्दा दर्ता गरिएको छ । जनवरी २०१६ मा प्रहरीले दुवै परिवारको रगतको नमुना लिएर कलकत्ता गएपनि हस्ताक्षरमा गल्तीका कारण परीक्षण हुन सकेन । गत वर्ष एक पटक फेरि रगतको नमुना गुवाहाटीमा लगियो र परीक्षण गर्दा बच्चाहरु साटिएको पुष्टि भयो हाल ती नर्स र सुपरिटेन्डेन्ट दुवै अन्यत्र गइसकेका थिए । हाल रहेका सुपरिटेन्डेन्ट बच्चा परिवर्तनको घटना मानवीय त्रुटी भएको बताउँछन् । शाहबुद्दिनका तर्फबाट यो घटनाको वकालत गरिरहेका वकिल जियोर भन्छन्, ‘यो मामला अस्पताल प्रशासनको गल्तीले भएको हो र नर्सलाई सजाय दिइनुपर्दछ । हामी दुवै बच्चालाई राम्रो शिक्षाका लागि आर्थिक सहायता सरकारले उपलब्ध गराओस् भन्ने चाहन्छौं ।’आमाको चिन्तासलमा र शेवाली ३० किलोमिटर टाढा बस्ने भएपनि दुवैको चिन्ता एउटै छ । शेवाली भन्छिन्, ‘जब मैले पहिलो पटक आफ्नो कोखको बच्चा देखे, तब मैले आँसु थाम्नै सकिन । सलमाको पीडा पनि यस्तै हो ।’सलमा भन्छिन्, ‘उसको अनुहार बिल्कुल मेरो जस्तै छ । मनले उसलाई चोरेर लैजा भन्छ । तर उ हाम्रो साथमा आउँदैन र शेवालीलाई नै आफ्नी आमा मान्दछ ।’शेवाली भन्छिन्, ‘जबसम्म यो मेरो छातीमा हुन्छ, बाहिर निस्कदैन, तबसम्म ठीक छ तर जसरी यो गाउँबाट बाहिर जानेछ, मानिसहरु उसलाई हिन्दू–मुस्लिम भन्नेछन् । मैले र मेरो परिवारले त उसलाई कहिल्यै पनि मुसलमान मान्दैन । तर संसार धेरै खराब छ । जब ऊ ठूलो हुनेछ, तब उसलाई मानिसहरुले दुःख दिनेछन् । उसले यो हिन्दू–मुस्लिमको दबाबलाई कसरी झेल्नेछ भन्ने मलाई पनि थाहा छैन ।’सलमा भन्छिन्, ‘उसका आँखा आदिवासीका जस्तै छन् । मेरो माइती र परिवारले त उसलाई अपनाइसकेको छ, कुनै विभेद छैन, तर जब ठूलो हुनेछ, तब सबैले उसलाई मेरो कोखको छोरा नभएको सुनाउनेछन् । त्यसबेला के हुन्छ ?’अनिल बोडो भन्छन्, ‘उ हाम्रो छोरा हो । उ मलाई बाबा र शेवालीलाई आमा भन्छ । म उसलाई इन्जिनियर बनाउन चाहन्छु ।’शाहबुद्दिन भन्छन्, ‘म तीन वटै बच्चालाई आईएएस बनाउन चाहन्छु । आठ वर्षकी छोरी निदाल, जुनैद र रेयान तीन जनालाई नै पढाउन चाहन्छु । भगवानले सबै बच्चालाई एकै डिजाइनको बनाएर पठाउँछन् जब बच्चा जमिनमा आउँछ, तब हिन्दू र मुस्लिम भन्न सुरु गर्छन । बच्चालाई के थाहा, के हिन्दू, के मुस्लिम ?उनीहरू भन्छन्, ‘जब रेयान र जुनैद ठूला हुन्छन् तिनीहरूले नै निर्णय लिनेछन् कि उनीहरू कोसँग बस्न चाहान्छन् ।’ शाहबुद्दिन र अनिल दुवैको परिवार एउटा तालिका बनाएर दुवैको घर जाने, बच्चासँग भेट्ने र आफूले जन्म दिएका बच्चाको हिस्सा बन्न खोजिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस