नेपालमा पनि बक्स अफिल लागू हुने

काठमाडौं, ११ माघ । नेपाली चलचित्र भवनहरुमा बक्स अफिल लागू गर्ने वा नगर्ने लामो विवाद र छलफल पश्चात अततः श्रावण १ गतेबाट चलचित्र भवनहरुमा बक्स अफिस लागू हुने भएको छ निर्माता एवं निर्देशक आकाश अधिकारीले बक्स अफिस लागू गर्ने बारे बैठकको निस्कर्ष फेसबुकमार्फत जानकारी दिएका हुन् चलचित्र विकास बोर्डका सदस्य तथा वक्स अफिस कार्यन्वयन समितीका संयोजक नरेन्द्र महर्जनको अध्यक्षतामा बसेको बैठकले प्राविधिकहरूसँगको छलफल पछि २०७५ देखि बक्सअफिस लागू हुने भएको हो २०७५ वैशाख १ गतेबाट बक्सअफिसको परिक्षण हुनेछ र २०७५ श्रावण १ गतेबाट उपत्यका भित्र लागु हुनेछ काठमाडौं बाहिर भने २०७५ माघ १ गतेसम्ममा कार्यान्वयन हुने जनाइएको छ बक्स अफिस कार्यान्वयन समितिमा नरेन्द्रसँगै प्रदीप कुमार उदय, आकाश अधिकारी, कपिल पराजुली र प्रभाकर भट्टराई रहेका छन् । ब्रेज डिजिइट सोलुसनले प्राविधिक पक्षको जिम्मेवारी लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?