सहिद स्मारक ए डिभिजन लिग अन्र्तगत साविक विजेता मनाङ मस्र्याङ्दी क्लबले सरस्वती युथ क्बलमाथि जित निकालेको छ ।
शुक्रबार दशरथ रंगशालामा भएको खेलमा मनाङले सरस्वती माथि १—० को जित निकाल्दै लिगको शीर्ष स्थानमा रहेका त्रिभुवन आर्मी क्लबसँग अंग बराबरी गरेको छ । मनाङको जितमा स्ट्राइकर विमल रानाले निर्णायक गोल गरे । लिगमा एक मात्र अपराजित टोली मनाङले पाँचौ खेलमा आएर भने जितको लयमा फर्किएको छ ।
जितपछि ८ खेलमा १६ अंक जोडेको मनाङ तेस्रो स्थानमा उक्लिएको हो । एक खेल कम खेलको त्रिभुवन आर्मी क्लब र ८ खेल खेलेको मच्छिन्द्र समान १६ अंकका साथ क्रमश पहिलो र दोस्रो स्थानमा छन् । १४ अंक जोडेको थ्री स्टार चौथो र १२ अंकका साथ जावलाखेल युथ क्लब पाँचौ स्थानमा छ । लिगमा अझै सम्म पनि जितको खाता खोल्न नसकेको सरस्वती क्लब रेलिगेशनको संघारमा छ र टोलीसँग मात्र १ अंक छ ।
शुक्रबार नै भएको अर्को खेलमा च्यासल युथ क्लबले ब्रिगेड ब्बाइज क्लब (बिबिसी) लाई १–० ले हराएको छ । इन्जुरी समयको दोस्रो मिनेटमा कप्तान सन्तोष साहुखलले गरेको गोलले च्यासललाई जित दिलायो । यस जितपछि ८ खेलमा ९ अंक जोडेको च्यासल नवांै स्थानमा उक्लिएको छ भने बिबिसी समान खेलमा ८ अंकका साथ १० औं स्थानमा झरेको छ । प्रतियोगितामा शनिबार न्युरोड टिम एनआरटी र त्रिभुवन आर्मी तथा पे्रmन्ड्स र संकटा क्लबबीच खेल हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया