डिभिजन टू खेल्ने नेपाली टोलीमा रोहित र अनिल अटाए

काठमाडौं, ११ माघ । विश्व क्रिकेट लिग डिभिजन टुका लागि नेपालको राष्ट्रिय टोलीको घोषणा गरिएको छ ।राष्ट्रिय टोलीमा युवा क्रिकेटर रोहितकुमार पौडेल र अनिलकुमार साहले समेत स्थान बनाउन सफल भएका छन् पारस खड्काको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको हो । यू–१९ का रोहित पहिलो पटक राष्ट्रिय टोलीमा परेका हुन् विश्व क्रिकेट लिग च्याम्पियनपसिपको अन्तिम खेलमा यूएईविरुद्ध खेल्नु अघि दिपेन्द्र सिंह ऐरी घाइते भएपछि अनिलकुमार साहलाई टिममा बोलाएपनि उनले खेल्ने मौका पाएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?