कामना सेवा बैंकको ११७ औँ शाखा काठमाडौंको भिमसेनगोलामा

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो वित्तीय पहुँच विस्तार गरेको छ । यसैक्रममा कामना सेवाको नयाँ शाखा काठमाडौंको भिमसेनगोलामा सञ्चालन गरिएको छ । आफ्नो सेवा विस्तार गर्ने क्रममा काठमाडौ महानगरपालिका वडा नं ३१ स्थित भिमसेनगोलामा आफ्नो ११७ औँ शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको बैंकले जनाएको छ ।

बैंकले आफ्ना ग्राहकहरुलाई देशका विभिन्न ठाउँमा ११७ वटा शाखा कार्यालयहरु स्थापना गरि सेवा प्रदान गरिरहेको छ । भने बैंकले ६० वटा एटिएम, एमबिबिएस, इन्टरनेट बैंकिगं, मोबाईल बैंकिगं लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आइरहेको छ । साथै भोलिका दिनहरुमा ग्राहकहरुलाई थप सुदृढ गरि शसक्त सेवा प्रदान गर्न जोड दिने प्रतिबद्धता समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?