युवतीको जिब्रोलाई १६ करोड !

काठमाडौं । लत्ताकपडा , गरगहना, घर र गाडिको महँगो मूल्य त हामीले सुनेका नै छौँ । तर, के तपाईले कहिल्यै जिब्रोको मूल्य लगाएको कुरा सुुन्नु भएको छ ?  यदि छैन भने आज हामी यो बारेमा जानकारी दिनेछौँ । क्याटबेरी कम्पनिले हाल हायलेई कर्टिस नामकी एक युवतीको जिब्रोको मूल्य तोकेको छ ।

क्याटबरी चकलेट बनाउँने उक्त कम्पनीले ति युवतीको जिब्रोको मूल्य एक मिलियन पाउन्ड तोकेको हो । यसको नेपालीमा लगभग १६ करोड रुपैयाँ हुन्छ ।

यी युवती क्याटबरीको युवतीले चकलेटको परफेक्ट स्वाद चखाउने काम गर्छिन् । त्यसैले चकलेट एक्सपर्ट हायलेईको टेस्टबड्सको बीमा गराइएको थियो ।

बीमा कम्पनिले यी युवतीलाई आफ्नो स्वाद लिने इन्द्रीयलाई कुनै नोक्सान पर्याउने खालको काम नगर्न पनि सुझाव दिएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?