विद्यार्थी नेतालाई प्रधानमन्त्रीको जवाफ, ‘एक इन्च नेपाली भूमी भारतलाई छोड्दिन’

काठमाडौं, ११ माघ । भारतले पर्साको छप्कैयामा नेपाली भूमि मिचेर सीमा स्तम्भ गाडेको विषयमा विभिन्न विद्यार्थी संगठनले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको एक इन्च भूमी पनि भारतलाई नछोड्ने बताएका छन् ज्ञापनपत्र बुझाएपछि माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का महासचिव उत्तम अधिकारीले आफूहरुले स्थलगत अवलोकनपश्चात सुझावसहित तयार पारेको प्रतिवेदन बुझाएको जानकारी दिए उनले प्रधानमन्त्रीले ज्ञापनपत्र बुझ्दै आफूले एक इन्च नेपाली भूमी भारतलाई नछाड्ने प्रतिबद्धता जनाएको बताए विद्यार्थी संगठनले दीर्घकालीन समस्या समाधानका लागि सिमानामा काँडेतार लगाउन सुझाव दिएका छन् अखिल क्रान्तिकारी र अनेरास्ववियुका अध्यक्षद्वय रंजित तामाङ र नविना लामा नेतृत्वको संयुक्त टोली केही दिन अघि सीमा मिचिएको पर्साको छप्कैयामा पुगेर अवलोकन गरी प्रतिवेदन तयार पारेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?