सुनसरी । सुनसरीमा गाई काटेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले सुनसरी हरिनगरा गाँउपालिका–२ भुटाहा बस्ने ४५ बर्षीय सदुल अन्सारी र हरिनगरा–४ बस्ने ४२ बर्षीय लुकमान अन्सारी गाईलाई काटेको आरोपमा पक्राउ गरेको हो ।
शुक्रबार अन्सारीको घरमा गाई काटेको सूचना पाएपछि सुनसरी प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।
प्रहरीले उनीहरुको घरबाट गाईको टाउको, अचनो र खुकुरीसमेत बरामत गरेको जनाएको छ ।
पक्राउ परेको उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया