हाम्रो प्रमुख काम प्रदेशसभा बोलाउने र सरकार गठन गर्ने : झा

बुटवल, ११ माघ । प्रदेश ५ का प्रमुख उमाकान्त झाले छिट्टै प्रदेश सभाको बैठक बोलाएर सरकार गठन गर्ने जानकारी दिएका छन् बिहीबार प्रदेश प्रमुखको कार्यालयमा पत्रकार भेटघाटको कार्यक्रम गर्दै उनले अब तत्काल प्रदेश सभाको बैठक बोलाएर सरकार गठन गर्ने दिशामा अघि बढ्ने बताएका हुन् संविधानअनुसार निर्वाचनको नतिजा सार्वजनिक भएको २० दिनभित्र प्रदेशसभाको संसद बैठक बस्नुपर्छ भने एक महिनाभित्र मुख्यमन्त्री चयन र प्रदेश सरकार गठन भइसक्नु पर्नेछ उनले प्रदेश सभाको बैठक बोलाउने र सरकार गठन गर्ने विषयमा राजनीतिक दल, विज्ञ लगायतसँग परामर्श जारी रहेको जनाएको छ उनले माघ २३ गतेभित्र संसद बैठक आह्वान गर्ने र संसद बैठकले फागुन ३ गतेभित्र मुख्यमन्त्री चयन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था भए अनुरुप नै अघि बढ्ने जानकारी दिए प्रदेश सरकारमा आफूहरुको अनुभव नभएपनि केन्द्रिय सरकार चलाएको अनुभव रहेको भन्दै झाले यो प्रकृयामा केन्द्रिय सरकारको सहयोग आवश्यक रहेको उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?