युनाइटेड इन्स्योरेन्सको अध्यक्षमा श्रेष्ठ नियुक्त

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) ले नयाँ अध्यक्ष पाएको छ । युनाइटेडको अध्यक्षमा उद्योगी रविभक्त श्रेष्ठ सर्वसम्मत चयन भएका छन्। यसअघि श्रेष्ठ कम्पनीका संस्थापक सेयरधनी रहेका थिए । त्यतिमात्र नभएर उनी एनई ग्रुपका अध्यक्ष समेत रहेका छन् ।

अध्यक्षमा छनोट भएसँगे श्रेष्ठले बिहीबार बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईबाट पद तथा गोपनियताको सपथ साथै पदभार ग्रहण गरेका थिए। आफू आएसँगै कम्पनीलाई नयाँ उचाइमा पुर्याउने धारणा रहेको श्रेष्ठले बताएका छन् । उनलाई कुशल व्यवस्थापकको रुपमा लिने गरिएको छ । साथै उनले सञ्चालक तथा सबै शेयरधनीबीच सुमधुर सम्बन्ध स्थापना गरि कम्पनीलाई नयाँ आर्थिक उचाईमा पुर्याउनको लागि प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

नवनियुक्त श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष हुन भने पर्यटन सहायकमन्त्री समेत भइसकेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?