२०७८,जेष्ठ,१,शनिवार

४५ वर्षीया आमाका लागि दुलहा खोज्दै गौरव !


काठमाडौं । सोसल मिडियाको यो समयमा सबै कुराहरु अनलाइनबाट नै अर्डर गरिन्छ । सोसल मिडियाकै प्रयोग गरेर एक युवकले आफ्नी विधवा आमाका लागि दुलहा खोज्नका लागि पनि प्रयोग गरेका छन् ।

उनले फेसबुकमा एउटा स्टाटस पोस्ट गर्दै आफ्नी आमालाई योग्य वरको खाजी गरिरहेको बताएका हुन् । उनले बन्नेवाला पिताको लागि केहि शर्त पनि राखेका छन् । उक्त युवकको नाम हो गौरव अधिकारी ।

पश्चिम बंगालको हुगली जिल्लाको फ्रेन्च कोलोनीमा बस्ने अधिकारीले आफ्नी आमाका लागि एक बुबाको खोजीमा रहेको बताएका हुन् । उनका पिताको पाँच वर्ष अगाडि मृत्यु भएको थियो ।

त्यसैले उनले आमा एक्लो भएको महशुस गरेर योग्य पिताको खोजी गरिरहेको बताएका छन् । उनले पोस्टमा लेखेका छन्, “मेरी आमा पाँच वर्ष यता घरमा एक्लै बस्नु भएको छ,म घरको एक्लो सन्तान हुँ । म विहानै जागिर खानका लागि निस्किन्छु र राती मात्र घर पुग्छु, त्यसैले आमा एक्लो हुने भएकोले आमाको साथका लागि बुबा खोज्न थालेका हुँ ।”

उनले आफ्नो पोस्टमा उनकी आमालाई किताब पढ्न र गीत सुन्न मन पर्ने बताएका छन् । उनको पिता बन्नको लागि उक्त मानिस आत्मनिर्भर भएको हुनुपर्छ ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति: २०७६,माघ,१०,शुक्रवार १३:१३


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

एजेन्सी । भारतको कर्नाटकी एक ७३ वर्षीया महिलाले आफ्नो विवाहका लागि दुलाहा खोज्दै विज्ञापन छपाएकी छन् । ७३ वर्षीया अवकाशप्राप्त शिक्षक

काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालमा एउटा ‘भिडियो क्लिप्स’ भाइरल भइरहेको छ । यो भिडियो हेर्दा तपाईको हाँसो रोकिँदैन ।

काठमाडौं । विवाहमा राम्रो लुगा लागाउने, गहना लगाउने चलन पहिले देखी नै रहँदै आएको छ । नयाँ लुगा लगाउने, गहना

काठमाडौं । कोरोना कहरका कारण अहिले सारा विश्वनै आक्रान्त छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना १५ करोड ७५ लाख ६८

कुहिने फोहोरबाट मल उत्पादन
 २०७८,जेष्ठ,१,शनिवार १०:४७
अट्टाहस-५
 २०७८,जेष्ठ,१,शनिवार १०:३२