सानिमा बैंकको नाफा १६ प्रतिशतले बृद्धि, ६ महिनामा कमायो १ अर्ब १४ करोड

काठमाडौं । सानिमा बैंक लिमिटेडले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा १ अर्ब १४ करोड नाफा कमाउन सफल भएको छ । आघिल्लो आर्थिक वर्षको तुलनामा बैंकले १६ प्रतिशत नाफा बृद्धि गरेको छ । बैंकको अघिल्लो आवको यो अवधिमा कुल नाफा ९८ करोड रहेको थियो ।

चालु आवको यस अवधिसम्ममा बैंकको निक्षेप १ खर्ब पुर्याएको जनाएको छ । बैंकले पुस मसान्त सम्ममा कुल ८८ अर्ब ७१ करोड कर्जा प्रवाह गरेको छ । भने असार मसान्तमा बैंकले कुल ८१ अर्ब ४१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । जस अनुसार यो आर्थिक वर्षमा सानिमा बैंकको वित्तीय परिसुचकमा सुधार भएको पाइएको छ ।

आवको यस अवधिसम्ममा बैंकको सेयरधनिको लागि वितरणयोग्य नाफा ९५ करोड संकलन गरेको छ । भने बैंकको चुक्ता पूँजी ८ अर्ब ८० करोड रहेको छ । त्यस्तै रिजर्बमा २ अर्ब ४१ करोड रुपैयाँ रहेको बैंकले जनाएको छ ।

बैंकले ६ महिनामा ब्याज आम्दानी मार्फत २ अर्ब १६ करोड रुपैयाँ कमाएको छ । अघिल्लो वर्षको पुस मसान्तमा ब्याज आम्दानी मार्फत १ अर्ब ९० करोड कमाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?