२०७४, ११ माघ बिहीवार ११:५३

बहुधार्मिक मन्दिर निर्माण


प्रकाशित मिति : २०७४, ११ माघ बिहीवार ११:५३

तेह्रथुम, ११ माघ – तेह्रथुममा स्थानीयवासीले चन्दा संकलन गरेर बहुधार्मिक मालुङ पालुङ मन्दिर निर्माण गरेका छन् जिल्लाको लालीगुराँस नगरपालिका–८, सोल्मामा सबै धर्मावलम्बीले मान्ने देवीदेवताको मूर्ति पदस्थापन गरी मालुङ पालुङ मन्दिर निर्माण गरिएको हो । मन्दिरको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले एक कार्यक्रमका बीच उद्घाटन गरे । किराँत कालदेखि नै मालुङ–पालुङ ढुंगाको रुपमा परिचित धाममा मन्दिर निर्माण गरी स्थानीयवासीले बहुधार्मिक मन्दिरको नाम दिएका हुन् । लिम्बू भाषामा ‘मालुङ’ भनेको आमा ढुंगा र ‘पालुङ’ भनेको बुबा ढुंगा भन्ने अर्थ हुन्छ मन्दिरमा अहिले किराँत धर्मगुरु फाल्गुनन्द, शिव पार्वती, गणेश, बुद्ध, लक्ष्मी र पाथीभरा देवीको मूर्ति राखिएको छ । ताप्लेजुङको पाथीभरा धाममै पुगेर त्यहाँका शिला ल्याएर राखिएकाले यहाँबाट दर्शन गर्न ताप्लेजङसम्म पुग्न नसक्नेले यहीबाट पनि पाथीभरा देवीको दर्शन गर्न सक्ने मन्दिर निर्माण समितिका कोषाध्यक्ष झइन्द्र खनालले बताए मन्दिर निर्माणका लागि स्थानीयवासी २१६ जनाले रु ५०० देखि डेढ लाखसम्म रकम संकलन गरेका छन् । मन्दिर निर्माणका लागि रु १० लाख ५५ हजार खर्च भएको छ ।

प्रतिक्रिया दिनुहोस