हात्तीको दाह्रासहित पक्राउ

ललितपुर । ललितपुर महानगरपालिका-१२ लगनखेल बसपार्कबाट १ थान हात्तीको दाह्रा सहित सिरहा धनगढीमाई नगरपालिका-१ मेदनिपुर घर भई ललितपुर महानगरपालिका-१ कुपण्डोल बस्ने ३७ वर्षीय ताराकान्त चौधरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरको छ ।

महानगरीय प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरीले उनलाई उक्त दाह्रासहित फेला पारी पक्राउ गरेको हो । यस समबन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?