६० वर्षकी वृद्धा २२ वर्षका युवकको प्रेममा, भन्छन् हामी बिहे गरेरै छोड्छौँ

काठमाडौं । भनिन्छ प्रेम अन्धो हुन्छ । प्रेममा कुनैपनि जातपात र उमेरलाई हेरिदैन । यस्तै एउटा घटना भारतको उत्तरप्रदेश स्थित आगरा जिल्लामा पनि भएको छ ।

आगरामा बस्ने एक ६० वर्षकी महिला २२ वर्षका एक युवकसँग प्रेममा परेकी छिन् । अचम्मको कुरा त के छ भने युवकलाई पनि ति महिला एकदमै राम्रो लाग्छ, त्यति मात्र होइन युवक ति महिलासँग विवाह गर्न चाहान्छन् ।

यो घटना थाहा पाएपछि महिलाका पतिले युवकबिरुद्ध प्रहरीमा उजुरी हालेका छन् । प्रहरीकोमा उजुरी हाल्ने क्रममा युवक पनि परिवारलाई लिएर त्यहिँ पुगेका थिए ।

दुईपक्षहरु एकआपसमा झगडा गरेपछि प्रहरीले उनीहरुलाई छुट्याएको थियो । ति महिला सात बच्चाकी आमा हुन् भने पाँच बच्चाकी हजुरआमा समेत हुन् ।

त्यसैले उनीहरलाई एकअर्कामा नाता नगाँस्न परिवारले  धेरै सम्झायो । ति महिला र युवक भने विवाह गर्ने कुरमा तटस्थ रहे । ति महिला र युवक कसैलाई नभनि धेरै पटक घरबाट भागिसकेका छन् । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?